काठमाडौँ । नेकपा (मसाल) ले दाङ जिल्ला गढवा–४ निवासी रुद्र भण्डारीको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ वैशाख २८ गते सोमबार शोकवक्तव्य जारी गर्दै उहाँप्रति श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको हो ।
मसालको पार्टीसदस्य भएको जानकारी दिँदै सो वक्तव्यमा भण्डारीको निधनबाट पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको उल्लेख छ ।
यस्तो छ, शोकमन्तव्यको पूर्ण पाठ :
“दाङ जिल्ला गढवा गाउँपालिका–४ निवासी कामरेड रुद्र भण्डारी (का. सुवास) को २०८३ वैशाख २३ गते ५७ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. रुद्र भण्डारी हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले दाङ जिल्लामा अखिल नेपाल युवक सङ्घको अध्यक्ष भएर जिम्मेवारीसमेत सम्हालिसक्नु भएको थियो । उहाँ पार्टीको इमानदार, जुझारु, प्रतिबद्ध, अनुशासित र कर्मठ सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टीका विभिन्न स्तरका समितिमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”