परासी । राष्ट्रिय जनमोर्चा बर्दघाट नगर समितिको आयोजनामा गणेश आचार्यको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
२०८३ वैशाख २६ गते निधन भएको सातौँ दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो बर्दघाट नगर समितिका अध्यक्ष ढुण्डिराज पोख्रेलले आचार्यको श्रद्धाञ्जली फोटोसहित फ्रेम हस्तान्तरण गर्नुभयो ।
स्मृतिशेष आचार्यको फोटोमा पुष्प अर्पणसँगै उहाँको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले आचार्यले पार्टी सङ्गठनमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँको मृत्युले पार्टी सङ्गठनमा अपूरणीय क्षति भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष जितबहादुर पौडेल, नेकपा (मसाल) नवलपरासीका प्रवक्ता रेम राना, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पार्वता पौडेलको उपस्थिति रहेको थियो ।
राजमो तथा अप्फा नवलपरासीका सदस्य आचार्यको ५४ वर्षको उमेरमा गत वैशाख २० गते मृत्यु भएको थियो ।
