• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

वनहराका भूमिहीनको हलो जोतेर उमेर बित्यो


  •   शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
  • कञ्चनपुर, २६ वैशाख । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीबाट दुई दशकअघि मथुरादेवी सार्कीको परिवार ‘सस्तो बेसा’ (खाद्यान्न)को खोजीमा तराई झर्यो । सार्की परिवारको एउटा सुन्दर सपना थियो ।

    Advertisement

    तराईको समथर फाँटमा आफ्नो एउटा सानो घर हुनेछ र परिवारका सदस्यले पेटभरि खान पाउनेछन् । सत्तरी वर्षको उमेर ढल्किँदै गर्दा मथुरा देवीको त्यो सपना अझै पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा नदीको किनारमा रहेको भूमिहीन शिविरको झुपडीभित्र गुम्सिएर रहेको छ ।

    “हलो खलो गर्दै जीवन बित्यो, हुने खाने उमेर छँदा अरुकै हलो जोत्यौँ,“ उहाँ भन्नुहुन्छ, “अर्काको घरमै अरुले दिएको भात दाल खान पायौँ, त्यसमै भुल्यौँ, तर आज बुढेसकालमा न बस्ने ठेगान छ, न त हातमा कुनै लालपुर्जा ।”

    यो पीडा मथुरा देवीको मात्र होइन । वनहरा नदीको किनारमा रहेको शिविरमा बस्दै आएका भूमिहीन परिवारको साझा व्यथा हो ।

    पुर्खादेखि नै अरुको खेतबारीमा पसिना बगाएका यी परिवारका लागि आफ्नै जमिनको एक टुक्रा पनि छैन । न त बाजे–बज्यैको नाममा कुनै सम्पत्ति थियो, न त श्रीमान् वा छोराको नाममा । पुस्तौँदेखि श्रम बेचेर बाँचेका यी परिवार अहिले बुढेसकालमा पनि असुरक्षित झुप्रोमा मजदुरी गरेर दिन काट्न बाध्य छन् ।

    शिविरमा बस्ने सबै रहरले त्यहाँ पुगेका भने होइनन् । डडेल्धुराको बलौँचाबाट आएका दलबहादुर बोहराको कथा अझैँ मार्मिक छ । पहिरोले आफ्नो भएको घरबास र सानो टुक्रा जमिन सबै बगाएपछि उहाँको परिवार शरणार्थीको रूपमा वनहरा शिविर आइपुगेको हो ।

    “पहिरोले सबथोक लग्यो, ज्यान जोगाउन यहाँ आयौँ, “बोहरा भन्नुहुन्छ, “अहिले यहाँ हामीसँग बस्नका लागि बलियो घर छैन, न त गरिखान जमिन छ, शुरक्षित घर र जग्गा पाइन्छ भनेपछि फाराम भर्यौं, तर अहिलेसम्म सरकारले हाम्रो पुकार सुनेको छैन ।”

    शिविरमा डडेल्धुरा, बैतडी र अन्य पहाडी भेगबाट विस्थापित भएका धेरै परिवार छन् । उहाँका लागि वर्षायाम आउनु भनेको कालको अर्को नाम जस्तै हो । वनहरा नदीको किनारमै पाल टाँगेको झुपडीमा बसेका यी परिवारलाई कुन बेला बाढीले बगाउने हो भन्ने त्रासले रातभर निद्रा पर्दैन ।

    शिविरकी अमृता साउद भन्नुहुन्छ, “वर्षातको समय जतिजति नजिक आउँछ, मुटुको धड्कन पनि त्यति नै बढ्छ, वनहरा नदीमा बाढी आए शिविरसम्मै पुग्छ, अनि ज्यान जोगाउन भाग्नुको विकल्प हुँदैन ।” बाढी आएपछि कयौँ पटक जङ्गलमा भागेको कुरा उहाँ सुनाउनु हुन्छ ।

    वनहरा शिविरका  युवा घरमा छैनन् । घर खर्च चलाउन र साँझ–बिहानको छाक टार्नका लागि यहाँका प्रायः सबै युवा भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका छन् । स्थानीय राधिका सोंवका अनुसार, “शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्रै छन्, युवा छ महिना भारतमा पसिना बगाउँछन् र केही पैसा लिएर आउँछन्, त्यसैले हाम्रो जीविका चल्छ, सक्नेले यहाँ पनि मजदुरी गर्छन्, नसक्ने शिविरमै कष्टकर जीवन बिताउँछन् ।”

    प्लास्टिकको त्रिपाल र बाँसका भाटाले बनेका झुप्रामा बस्नुको पीडा वर्णन गरिसाध्य छैन ।

    बहादुर कामी भन्नुहुन्छ, “झुपडीभित्र गर्मीले बस्न सकिँदैन, बाहिर निस्क्यो भने लामखुट्टेले टोकेर हैरान पार्छ, त्यसैमाथि सर्प, बिच्छी र अन्य विषालु कीराको त्रास उस्तै छ ।”

    तुलाराम बोहरा आक्रोश र दुख मिसिएको स्वरमा भन्नुहुन्छ, “हाम्रो त पुस्ता नै जग्गाविहीन भएर सकिने भयो, सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गरिदिए मात्र पनि हाम्रो ज्यान जोगिन्थ्यो ।”

    “कसैले जमिन्दार बनाइदिने आश छैन,” उहाँ भन्नुहुन्छ, “मात्र यति चाहना छ कि कतै एउटा सानो सुरक्षित टुक्रा जमिन र ओत लाग्ने छानो पाइयोस्, जहाँ ढुक्कसँग सुत्न सकियोस्, देशमा ठूलो परिवर्तन भएको छ, अब त हाम्रा दिन फिर्लान् कि भन्ने आशा छ ।”

    नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हक र भूमिहीनलाई जमिनको हक सुनिश्चित गर्ने कुरा उल्लेख गरेको छ । तर वनहरा शिविरका बासिन्दाका लागि संविधानका ती अक्षर अहिले पनि कागजमै सीमित छन् ।

    शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.