कपिलवस्तु, तौलिहवा । नेकपा (मसाल)का सदस्य स्मृतिशेष राम प्रसाद खनालको ७औँ दिनको दिन शोक सभा सम्पन्न भएको छ गरिएको छ ।
नेकपा (मसाल) कपिलवस्तुको आयोजनामा सम्पन्न शोकसभामा पार्टीका जिल्ला प्रवक्ता माधव भाटक्षेत्रीले मन्तव्य राख्नुभएको थियो । मानिस जन्मे पछि अवश्य मर्नु पर्छ, मानिसले जीवनमा के गरे भन्ने कुराले अर्थ राख्ने बताए ।
रामप्रसाद खनालले (रुद्रमनी) पञ्चायतको एकतन्त्रीय शासनमा पनि कम्यनिस्ट पार्टीमा लागेर भूमिगत रूपमा परिवर्तनको लागि योगदान गर्नु भएको र सामाजिक रूपमा पनि धेरै काम गर्नु भएको भाटक्षेत्रीले चर्चा गरेका थिए । साथै उनले शोकसम्तब्ध परिवारजनप्रति संवेदना प्रकट गरे ।
राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, सचिव केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सदस्य राम बहादुर विक, जनजाति सम्मेलनका केन्द्रीय सदस्य केहर सिंह पुन, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा, अखिल नेपाल महिला संघ की जिल्ला अध्यक्ष शारदा पौडेल लगायत राजमो नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम उहाँको जेठा छोरा चेतनारायण खनालको अध्यक्षता तथा केरसिंह अदैको सञ्चालनबाट अगाडि बढेको थियो । खनालका तीन भाई छोरा र एक छोरी छन्, छोरा चेतनारायण खनाल, नेत्र खनाल, लेखनाथ खनाल र छोरी शान्ता छन् ।
९१ वर्षीय खनालको वैशाख १९ गते आफ्नै निवास्थान कपिलवस्तु शिवराज नपा ३, नयाँवस्तीमा भएको थियो ।