• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आहा अर्मके झरना !


  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • म्याग्दी, २५ वैशाख । धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । यो झरना सुन्दर, मनमोहक र आकर्षक देखिन्छ । अग्लो पहाडको फेदीमा दुईवटा तहमा छङछङ गर्दै झर्ने अर्मके झरनाको फेदीबाट म्याग्दी नदी बग्छ ।

    Advertisement

    करिब २०० मिटर अग्लो झरनाको फेदीमा तलाउ छ । छेउमै प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । झरनालाई पर्यटकले टाढैबाट अवलोकन गर्ने र तस्बिर भिडियो लिने गर्छन् । रमणीय भए पनि अर्मके झरना सुनसान हुन्छ ।

    अर्मके झरना र प्राकृतिक तातोपानी कुण्डमा पूर्वाधार निर्माण, प्रचारप्रसार र व्यवस्थापन गरी पर्यटन विकासका लागि जनप्रतिनिधिले चासो देखाएका छन् । धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले झरना र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने प्रयास गरेको बताउनुभयो ।

    “म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा अर्मके झरना नजिकै हालै सडक पुुगेको छ”, उहाँले भन्नुभयो, “सडक सुविधासँगै अर्मके झरनामा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।”

    सडकदेखि तातोपानी कुण्ड र अर्मके झरनामा जानका लागि म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । हाल हिउँदयाममा काठको अस्थायी साँघु र डाइभर्सन सडकबाट झरनाको फेदी र तातोपानी कुण्डमा पुग्न सकिन्छ । बर्खायाममा झरनाको पानी उडेर कुण्डको टहराका काठ भिजेर कुहिने समस्या छ । जेल्तुङदेखि १० मिनेट पैदलयात्रा र पाँच मिनेट गाडीको यात्रामा अर्मके झरना र तातोपानी कुण्डमा पुग्न सकिन्छ ।

    जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको बगर तातोपानीको पोखरीमा शरीर डुबाएर स्नान गरेमा चोटपटक लागेको, गानोगोला, ग्यास्ट्रिक, छालासम्बन्धी स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । बगर हुँदै धौलागिरि हिमाल आरोहण गर्न र चक्रीय धौलागिरिको पदयात्रामा जाने पर्यटकलाई तातोपानी र झरनामा झुलाउन तथा उनीहरूको बसाइ सम्ब्याउन सहयोग पुग्ने देखिन्छ ।

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.