• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पश्चिम बङ्गालमा हिंसा हुँदा भाजपाका सहयोगीको हत्या


  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
  • कोलकाता । भारतको पश्चिम बङ्गालमा सत्ता परिवर्तनपछि बढ्दो राजनीतिक तनावबिच सत्तारूढ बन्न लागेको भारतीय जनता पार्टी (भाजपा) का एक प्रभावशाली राजनीतिक सहयोगीको गोली हानी हत्या गरिएको छ ।

    Advertisement

    मोटरसाइकलमा आएका बन्दुकधारीले बुधबार राति कोलकातामा ४१ वर्षीय चन्द्रनाथ रथमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनापछि राज्यको राजनीतिक वातावरण थप तनावग्रस्त बनेको थिया ।

    प्रहरीका अनुसार रथ पश्चिम बङ्गाल भाजपाका प्रमुख तथा सम्भावित मुख्यमन्त्री सुभेन्दु अधिकारीका निकट सहयोगी थिए । कोलकातास्थित आफ्नै घर नजिकै उनीमाथि योजनाबद्ध आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रत्यक्षदर्शी र प्रहरी विवरणअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीले रथ सवार कारलाई रोकेर नजिकैबाट लगातार गोली चलाएका थिए ।

    राज्य प्रहरी प्रमुख सिद्धनाथ गुप्ताले बुधबार राति करिब ११ बजे घटना भएको जानकारी दिए । उनका अनुसार घटनामा प्रयोग गरिएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ तर त्यसमा नक्कली दर्ता नम्बर प्रयोग गरिएको पाइएको छ । प्रहरीले आक्रमणकारीको खोजी तीव्र बनाएको जनाएको छ ।

    प्रहरी अनुसन्धानअनुसार आक्रमणकारीले रथमाथि करिब एक दर्जन गोली प्रहार गरेका थिए । अधिकांश गोली छाती र मुटुको भागमा लागेको बताइएको छ । उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    घटनापछि पश्चिम बङ्गालमा चुनावपछिको हिंसा र राजनीतिक प्रतिशोधको बहस चर्किएको छ । राज्य विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले घटनालाई ‘ठन्डा दिमागले गरिएको योजनाबद्ध हत्या’ को संज्ञा दिए । उनले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरे ।

    प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले हालै सम्पन्न पश्चिम बङ्गाल विधानसभा निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको थियो । सोमबार सार्वजनिक परिणामअनुसार दुई सय ९४ सदस्यीय विधानसभामध्ये भाजपा एक्लैले दुई सय सात सिट जित्न सफल भएको थियो । १० करोडभन्दा बढी जनसङ्ख्या रहेको पश्चिम बङ्गालमा भाजपाले पहिलोपटक स्पष्ट बहुमतसहित सरकार गठन गर्ने अवस्थामा पुगेको छ ।

    विश्लेषकले यसलाई हिन्दीभाषी उत्तर र मध्य भारतबाहिर भाजपाको सबैभन्दा ठुलो राजनीतिक विस्तारका रूपमा व्याख्या गरेका छन् । सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री बनेपछि पश्चिम बङ्गालजस्तो राजनीतिक रूपमा संवेदनशील राज्यमा प्राप्त यो विजयलाई भाजपाका लागि रणनीतिक उपलब्धि मानिएको छ ।

    बङ्गालमा सन् २०११ देखि ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल कङ्ग्रेस (टिएमसी) सत्तामा थियो । मोदीकी प्रमुख आलोचक मानिएकी बनर्जी यसपटक आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएकी छिन् । उहाँले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गर्दै विभिन्न अनियमितताबारे प्रश्न उठाएकी छिन् ।

    चुनावी परिणाम सार्वजनिक भएयता राज्यभर राजनीतिक झडप र हिंसाका घटना बढिरहेका छन् । बुधबारसम्म चुनावपछिको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा पाँच पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भाजपाले रथको हत्या राजनीतिक प्रतिशोधको हिस्सा भएको आरोप लगाएको छ । पश्चिम बङ्गाल भाजपाका अध्यक्ष समिक भट्टाचार्यले यो ‘पूर्वनियोजित हत्या’ भएको दाबी गर्दै तृणमूल कङ्ग्रेसलाई दोष दिए । उनले टिएमसीकै कार्यकर्ताले हमला गराएको आरोप लगाउँदै राज्यमा भय र हिंसाको राजनीति चलाइएको टिप्पणी गरे ।

    यता तृणमूल कङ्ग्रेसले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्टीले विज्ञप्ति जारी गर्दै चन्द्रनाथ रथको हत्या निन्दनीय भएको जनाएको छ । साथै टिएमसीका कार्यकर्तामाथि पनि भाजपा समर्थित समूहबाट आक्रमण भइरहेको आरोप लगाएको छ ।

    राजनीतिक तनावका बिच भाजपाले शनिबार आफ्नो संसदीय दलको बैठकपछि नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने जनाएको छ । राज्यमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला भएको यो हत्या घटनाले पश्चिम बङ्गालको राजनीतिक भविष्य थप अस्थिर बन्न सक्ने सङ्केत दिएको विश्लेषकले बताएका छन् ।

    बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.