टक्सार (भोजपुर) । सार्वजनिक जग्गाको विवरण तीन दिन भित्र पेस गर्न जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेको छ ।
Advertisement
जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको हो ।
गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले राससलाई बताउनुभयो । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् ।