• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बेइजिङ भेटमा इरान–चीन संवाद तीव्र


  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
  • इरान । पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबीच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ । यही सन्दर्भमा इरानका विदेशमन्त्री अब्बास अराघचीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध विस्तारदेखि क्षेत्रीय सङ्कटसम्मका विषयमा गहन छलफल गर्नुभएको छ ।

    Advertisement

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बुधबार बेइजिङ पुग्नुभएका अराघचीको यो भ्रमणलाई तेहरानको सक्रिय कूटनीतिक पहलका रूपमा हेरिएको छ । इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) का अनुसार, पश्चिम एसियामा तीव्र बन्दै गएको तनाव र अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राख्दै यो भ्रमण आयोजना गरिएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गर्दै दुवै पक्षले वर्तमान भूराजनीतिक अवस्थाबारे विचार आदानप्रदान गर्ने बताए । अराघचीले पनि आफ्नो भ्रमणलाई ‘विश्वका साझेदारहरूसँग जारी कूटनीतिक परामर्श’ को हिस्सा भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्य र क्षेत्रीय स्थिरता दुवैमा केन्द्रित रहने बताउनुभयो ।

    बेइजिङको यो भ्रमण अराघचीको हालै सम्पन्न बहु–देशीय कूटनीतिक यात्राको निरन्तरता हो । उहाँले यसअघि पाकिस्तान, ओमान र रुसको भ्रमण गरिसक्नुभएको थियो, जसलाई पश्चिम एसियाली तनावबीच समर्थन जुटाउने इरानको रणनीतिक प्रयासका रूपमा विश्लेषण गरिएको छ ।

    रुसको सेन्ट पिटर्सबर्ग भ्रमणका क्रममा अराघचीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो । रूसी समाचार संस्था तासका अनुसार उक्त भेटमा पुटिनले मध्यपूर्वमा चाँडो शान्ति स्थापनाका लागि रुसले आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले इरानी जनताको सार्वभौमसत्ताको पक्षमा ‘साहसिक रूपमा उभिएको’ भन्दै प्रशंसा पनि गर्नुभएको थियो ।

    ती वार्ताहरूमा अराघचीले विशेषगरी संयुक्त राज्य अमेरिका र इजरायल संलग्न गतिविधिलाई ‘युद्ध र आक्रामकता’ को रूपमा व्याख्या गर्दै त्यसबारे चिन्ता व्यक्त गर्नुभएको थियो । पुटिनले रुस इरानको हितको पक्षमा उभिने र क्षेत्रीय शान्ति पुनःस्थापनामा सहयोग गर्ने आश्वासन दिनुभएको बताइएको छ । यसले तेहरान–मस्कोबीचको रणनीतिक निकटतालाई थप स्पष्ट पारेको छ ।

    यसअघि पाकिस्तान भ्रमणका क्रममा अराघचीले त्यहाँका अधिकारीहरूसँग पछिल्ला घटनाक्रम र इरान–अमेरिका सम्भावित वार्ताका सर्तहरूबारे छलफल गर्नुभएको थियो । उहाँले इस्लामाबादमा भएका परामर्शहरूलाई ‘धेरै फलदायी’ भएको बताउनुभएको थियो ।

    त्यसपछि ओमानको राजधानी मस्कटमा भएको भेटवार्तामा समुद्री सुरक्षालाई प्राथमिकता दिइएको थियो । विशेषगरी स्ट्रेट अफ हर्मुजको रणनीतिक महत्त्वबारे छलफल केन्द्रित रहेको थियो । स्ट्रेट अफ हर्मुजलाई विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ ।

    इरना समाचार एजेन्सीका अनुसार अराघचीले इरान र ओमान दुवै यस जलघाँटीका तटीय राष्ट्र भएकाले पारस्परिक समन्वय अपरिहार्य रहेको बताउनुभएको थियो ।

    यी सम्पूर्ण कूटनीतिक पहलहरूले महत्त्वपूर्ण समुद्री मार्ग र क्षेत्रीय प्रभावमाथिको नियन्त्रणलाई लिएर संयुक्त राज्य अमेरिकासँग जारी शक्ति प्रतिस्पर्धाको सन्दर्भमा इरानले आफ्ना साझेदारहरूसँग सम्बन्ध सुदृढ पार्ने प्रयास गरिरहेको सङ्केत गर्छन् ।

    बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • २.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ३.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ४.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ५.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ६.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ७.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ८.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.