• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बेइजिङ भेटमा इरान–चीन संवाद तीव्र


  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
  • इरान । पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबीच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ । यही सन्दर्भमा इरानका विदेशमन्त्री अब्बास अराघचीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध विस्तारदेखि क्षेत्रीय सङ्कटसम्मका विषयमा गहन छलफल गर्नुभएको छ ।

    Advertisement

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बुधबार बेइजिङ पुग्नुभएका अराघचीको यो भ्रमणलाई तेहरानको सक्रिय कूटनीतिक पहलका रूपमा हेरिएको छ । इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) का अनुसार, पश्चिम एसियामा तीव्र बन्दै गएको तनाव र अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राख्दै यो भ्रमण आयोजना गरिएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गर्दै दुवै पक्षले वर्तमान भूराजनीतिक अवस्थाबारे विचार आदानप्रदान गर्ने बताए । अराघचीले पनि आफ्नो भ्रमणलाई ‘विश्वका साझेदारहरूसँग जारी कूटनीतिक परामर्श’ को हिस्सा भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्य र क्षेत्रीय स्थिरता दुवैमा केन्द्रित रहने बताउनुभयो ।

    बेइजिङको यो भ्रमण अराघचीको हालै सम्पन्न बहु–देशीय कूटनीतिक यात्राको निरन्तरता हो । उहाँले यसअघि पाकिस्तान, ओमान र रुसको भ्रमण गरिसक्नुभएको थियो, जसलाई पश्चिम एसियाली तनावबीच समर्थन जुटाउने इरानको रणनीतिक प्रयासका रूपमा विश्लेषण गरिएको छ ।

    रुसको सेन्ट पिटर्सबर्ग भ्रमणका क्रममा अराघचीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो । रूसी समाचार संस्था तासका अनुसार उक्त भेटमा पुटिनले मध्यपूर्वमा चाँडो शान्ति स्थापनाका लागि रुसले आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले इरानी जनताको सार्वभौमसत्ताको पक्षमा ‘साहसिक रूपमा उभिएको’ भन्दै प्रशंसा पनि गर्नुभएको थियो ।

    ती वार्ताहरूमा अराघचीले विशेषगरी संयुक्त राज्य अमेरिका र इजरायल संलग्न गतिविधिलाई ‘युद्ध र आक्रामकता’ को रूपमा व्याख्या गर्दै त्यसबारे चिन्ता व्यक्त गर्नुभएको थियो । पुटिनले रुस इरानको हितको पक्षमा उभिने र क्षेत्रीय शान्ति पुनःस्थापनामा सहयोग गर्ने आश्वासन दिनुभएको बताइएको छ । यसले तेहरान–मस्कोबीचको रणनीतिक निकटतालाई थप स्पष्ट पारेको छ ।

    यसअघि पाकिस्तान भ्रमणका क्रममा अराघचीले त्यहाँका अधिकारीहरूसँग पछिल्ला घटनाक्रम र इरान–अमेरिका सम्भावित वार्ताका सर्तहरूबारे छलफल गर्नुभएको थियो । उहाँले इस्लामाबादमा भएका परामर्शहरूलाई ‘धेरै फलदायी’ भएको बताउनुभएको थियो ।

    त्यसपछि ओमानको राजधानी मस्कटमा भएको भेटवार्तामा समुद्री सुरक्षालाई प्राथमिकता दिइएको थियो । विशेषगरी स्ट्रेट अफ हर्मुजको रणनीतिक महत्त्वबारे छलफल केन्द्रित रहेको थियो । स्ट्रेट अफ हर्मुजलाई विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ ।

    इरना समाचार एजेन्सीका अनुसार अराघचीले इरान र ओमान दुवै यस जलघाँटीका तटीय राष्ट्र भएकाले पारस्परिक समन्वय अपरिहार्य रहेको बताउनुभएको थियो ।

    यी सम्पूर्ण कूटनीतिक पहलहरूले महत्त्वपूर्ण समुद्री मार्ग र क्षेत्रीय प्रभावमाथिको नियन्त्रणलाई लिएर संयुक्त राज्य अमेरिकासँग जारी शक्ति प्रतिस्पर्धाको सन्दर्भमा इरानले आफ्ना साझेदारहरूसँग सम्बन्ध सुदृढ पार्ने प्रयास गरिरहेको सङ्केत गर्छन् ।

    बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.