• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ


  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    Advertisement

    चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित लिइएको छ ।

    यसैगरी, काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट लागुऔषध ट्रामाडोल २९० ट्याब्लेटसहित सोही नगरपालिका–६ नारायणटार बस्ने ३० वर्षीय अशोक लामासहित तीन जनालाई पक्राउ गरिएको छ ।

    यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागुऔषध स्पास्मो ४९ ट्याब्लेटसहित भारत बिजनोरका ३० वर्षीय जमसेद आलम, कैलारी गाउँपालिका–५ मनिकापुरबाट चरेस जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरीलगायत दुई जनालाई पक्राउ गरिएको समाचार कक्षले जनाएको छ ।

    कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित सोही उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय किसन बुडालसहित आठ जना र लम्कीचुहा नगरपालिका–१ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ डेरा गरी बस्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुलसहित कास्कीको पोखरा महानगरपालिका–३० बस्ने २९ वर्षीय कृष्ण आलेलाई पक्राउ गरिएको छ । यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्ता चौधरिया गाउँबाट ब्राउनुसगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सोही गाउँपालिका–३ नौवस्ता बस्ने ३३ वर्षीय इन्द्रबहादुर थारू र ४१ वर्षीय धु्रवकुमार थारूलाई पक्राउ गरिएको छ ।

    यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही नगरपालिका–६ बस्ने २८ वर्षीय मिलन कार्की ढोली, सोही नगरपालिका–१३ बस्ने २३ वर्षीय रोहन राजवंशी, सोही नगरपालिका–९ बस्ने ३५ वर्षीय मनिष उप्रेती र झापा गाउँपालिका–४ बालुबाडी नयाँ टोलबाट ब्राउनसुगरसहित सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय समीर प्रसाईलाई पक्राउ गरिएको छ ।

    यस्तै, सुनसरीको कोशी गाउँपालिका–८ चारकुनेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ बस्ने २७ वर्षीय श्यामकुमार रजकलाई पक्राउ गरिएको छ ।

    यसैगरी, ललितपुरको गोदावरी नगरपालिका–३ शान्तिवनबाट ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २८ वर्षीय उदय तामाङलाई पक्राउ गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट पनि खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सबै जना शनिबार पक्राउ परेका र उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.