खिमराज चालीसे, (भारत)
भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अम्बालाको आयोजनामा १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
Advertisement
कार्यक्रम शुक्रबार ०१ मई २०२६ का दिन मनाईएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास र महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरूमा मूल प्रवाहका नेताहरू धनबहादुर खडका, महिला क्षेत्रिय सदस्यहरू शोभा रसाईली र अन्जु सुवेदीलगाएतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम देवीराम शर्माको अध्यक्षतामा तथा प्रेम रसालीको सञ्चालनमा सम्पन्न भएको थियो ।