रोल्पा । रोल्पाको जलजलामा वैशाख पूर्णिमाको मेला हेर्न जाने सहभागी बोकेको जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
Advertisement
स्थानीय प्रहरीको अनुसार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेको थियो ।
रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्य भएकाहरूको परिचय भने सार्वजनिक हुन सकेको छैन ।