• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमसीसी पास गर्न अमेरिकी चलखेल आपत्तिजनकः मसाल


  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अमेरिकी पक्षले नेपालको संसदबाट एमसीसी पास गर्न फेरि चलखेल गरेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रवक्ता रामप्रकाश पुरीले विज्ञप्ति प्रकाशित गरी अमेरिकी साम्राज्यवादको षडयन्त्रप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।

    Advertisement

    नेपाली जनताको व्यापक विरोधपछि संसदीय प्रक्रियामा जानबाट रोकिएको एमसीसी पास गर्न अमेरिकाले फेरि दबाब दिएको छ । हालैमात्र अमेरिकी राजदूत रेन्डि बेरीले रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर एमसीसी छिटो पारित गर्न दबाब दिएका थिए ।

    मसालले अमेरिकी राजदूतको चलखेलप्रति आपत्ति जनाउँदै ‘त्यसले नेपालको सार्वभौमिकताका विरुद्ध एमसीसीको आवरणमा अझै षडयन्त्र जारी रहेको’ बताएको छ । प्रवक्ता पुरीले वक्तव्यमा ‘नेपाल सरकारलाई नेपाली जनताको भावना विपरित त्यो सम्झौताका पक्षमा कार्य नगर्न र देशको सार्वभौमिकतालाई रक्षा गर्नका लागि जनताको साथमा रहेर काम गर्न सुझाव पनि’ दिनुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरुद्धमा नेपालमा विरोध र आन्दोलन हुँदै आएको छ । एमसीसी सम्झौताले नेपालको सार्वभौमिकतालाई चुनौति दिएकोले त्यसलाई नेपालको संसदबाट पारित गर्नबाट रोक्न विगतमा जनताको व्यापक आन्दोलन भएको कुरा स्पष्ट छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको र त्यसले हाम्रो देशको असंलग्न परराष्ट्र नीतिलाई समाप्त पारी अमेरिकी साम्राज्यवादी पक्षमा सामेल गराउने सक्ने चेतावनी दिँदै त्यसका विरुद्धमा नेपालमा संघर्ष हुँदै आएको छ । सरकारले त्यो सम्झौतालाई पहिले नै नेपालको संसदबाट पारित गर्न खोजेको भएपनि नेपाली जनताको व्यापक विरोध र संघर्षका कारण अहिलेसम्म त्यसलाई पारित गर्न सरकारलाई सम्भव भएको छैन ।

    पछिल्लो समयमा “अमेरिकी पक्षले पुनः नेपालमा त्यो सम्झौताको कार्यान्वयनको लागि चासो राखेको र नेपाल सरकारका अधिकारीहरुले त्यससम्बन्धी गम्भीर छलफल गरिरहेको र चिन्तित हुनुपर्ने अवस्था नरहेको” भन्ने समाचार सार्वजनिक भएका छन् । यसको अर्थ एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गराउनका लागि अमेरिकी पक्ष तथा नेपालको सरकारले पनि बिभिन्न चलखेल गरिरहेको कुरा प्रष्ट हुन्छ । हामीले आफ्नो देशको सार्वभौमिकता, स्वतन्त्रता तथा स्वाधीनताको दृष्टिबाट नेपाल सरकारलाई बारम्बार त्यो सम्झौताको राष्ट्रघाती पक्षमाथि विचार गरी त्यसलाई पुरै खारेज गर्नका लागि बारम्बार ध्यान आकर्षण गराउनका साथै संघर्ष र आन्दोलन गर्दै आएका छौं । एमसीसी सम्झौता कार्यान्वयनको विषय उत्पन्न भएपछि शुरुमा अमेरिकी अधिकारीहरुबाट नै त्यो इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्ने भनाइहरु सार्वजनिक भएका थिए । पछि त्यसबारे नेपालमा व्यापक विरोध भएपछि नेपाली जनतालाई गुमराहमा राख्दै नेपालको सरकार तथा स्वयम् अमेरिकी पक्षबाट समेत ढाकछोप गर्ने काम हुँदै आएको छ ।

    अहिले एमसीसी सम्बन्धी अमेरिकी चासो र नेपालका अधिकारीहरुले त्यो सम्झौता कार्यान्वयन गर्नका लागि देखाएको प्रतिवद्धताबारे जुन समाचार प्रकाशित भएका छन्, त्यसले नेपालको सार्वभौमिकताका विरुद्ध एमसीसीको आवरणमा अझै षडयन्त्र जारी रहेको कुरा अवगत हुन्छ । त्यसप्रकारको कार्य नेपालको सार्वभौमिकता विरुद्ध गरिने षडयन्त्र हो र त्यसलाई हामीले विरोध गर्दछौं । यसका साथै हामीले नेपाल सरकारलाई नेपाली जनताको भावना विपरित त्यो सम्झौताका पक्षमा कार्य नगर्न र देशको सार्वभौमिकतालाई रक्षा गर्नका लागि जनताको साथमा रहेर काम गर्न सुझाव पनि दिन चाहन्छौं । तर सरकारले त्यसो नगरेमा देशभक्त नेपाली जनताले संघर्ष गरेर नै देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नुपर्ने आवश्यकता छ । जनताको आन्दोलनले नै देशको सार्वभौमिकताको रक्षा गर्नेछ भन्ने हामीलाई पुरा विश्वास छ । हामीले सम्पूर्ण जनतालाई त्यसका लागि सजक र सर्तक रहन आव्हान गर्दछौं ।’

    सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.