• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मेडिकल व्यवसायी प्रसाईं ‘फरार सूची’ मा, पाँच वर्ष कैद मागसहित मुद्दा दायर


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फरार सूची परेसँगै पाँच वर्ष कैद माग गर्दै मुद्दा दायर भएको छ ।

    Advertisement

    २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको, चुनाव बिथोल्न खोजेको र हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा विवादित उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरेको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८३ वैशाख ८ गते प्रसाई ंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ ।

    हाल फरार सूचीमा रहेका ५३ वर्षीय प्रसाईंलाई अधिकतम पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

    निर्वाचन आयोगको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनलाई टेकेर यो मुद्दा दायर गरिएको हो ।

    अभियोगपत्रअनुसार प्रसाईंले आफ्नो फेसबुक पेजबाट भिडियो सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया नै अवरुद्ध गर्ने धम्की दिएका थिए ।

    उनले सार्वजनिक गरेका भिडियोमा ‘यो चुनाव हुँदैन, चुनाव गर्न दिइँदैन, यो चुनाव गरियो भने नि हाम्रो देश टुक्रन्छ’ जस्ता भड्काउपूर्ण अभिव्यक्ति दिएको सरकारी वकिलको दाबी छ ।

    त्यसैगरी, राजसंस्था र हिन्दु अधिराज्य कायम नहुन्जेल देशमा चुनाव हुन नदिने भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रले २०५८ सालमा जस्तै सेना परिचालन गरेर ‘कू‘ गर्नुपर्ने उक्साहटपूर्ण विचार राखेका थिए । नेताहरूलाई लक्षित गर्दै प्रसाईंले ‘झुन्डाएरै मर्ने, गोली खाएरै मर्ने’ जस्ता अत्यन्तै हिंसात्मक र उत्तेजक धम्की समेत दिएको अभियोगपत्रमा उल्लेख छ ।

    निर्वाचन आयोगले २०८२ माघ २३ गते निर्वाचन आचारसंहिता–२०८२ को दफा ४ (थ) को बर्खिलाप हुने गरी प्रसाईंले श्रव्यदृश्य सामग्री राखेको भन्दै अनुसन्धानका लागि पत्राचार गरेको थियो ।

    सोही आधारमा साइबर ब्युरोले अनुसन्धान गर्दा प्रसाईंले आफ्नो फेसबुक एकाउन्टबाट ती भिडियो पोस्ट गरेको पुष्टि भएको थियो ।

    अदालतमा पेस गरिएको प्रमाणका रूपमा प्रहरीले प्रसाईंले बोलेका भिडियोका फेसबुक लिङ्क, स्क्रिनसट र डिभिडी संलग्न गरेको छ ।

    यसका साथै, हस्तलाल लामा लगायतका प्रत्यक्षदर्शीको बयानले पनि प्रसाईंले जानीजानी जनमानसमा डर र त्रास सिर्जना गर्ने उद्देश्यले यस्ता सामग्री फैलाएको आरोप लगाइएको छ ।

    प्रसाईंको यो कदमले मतदातामा त्रास सिर्जना गरेको, निर्वाचन प्रक्रिया अवरुद्ध गर्न प्रेरित गरेको र सार्वजनिक विश्वास घटाउन खोजेको भन्दै सरकारी वकिलले यसलाई गम्भीर अपराध मानेको छ।

    जिल्ला न्यायाधिवक्ता केदारकुमार अधिकारीद्वारा हस्ताक्षरित अभियोगपत्रमा प्रसाईं विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कारबाहीको माग गरिएको छ ।

    यस कानुनअनुसार कम्प्युटर वा इन्टरनेटको माध्यमबाट कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका वा घृणा र द्वैष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

    झापाको शान्तिनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका प्रसाईं प्रहरीको पक्राउ सूचीमा भए पनि उनी फरार रहेकाले अदालतमा उपस्थित गराउन सकिएको छैन।

    अभियोगपत्रमा उल्लेख भएअनुसार प्रसाईं फरार रहेका कारण मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ५७ बमोजिम उनका छोरा निराजन प्रसाईंको जिम्मा जमानीमा छाडिएको र हाल सम्पर्कमा नआएको हुँदा सोही कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाउन अदालतसमक्ष अनुरोध गरिएको छ ।

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.