बुटवल । बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा एक गर्भवती महिलाको ज्यान गएको भन्दै जाहेरी परेको छ ।
Advertisement
पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको गर्भपतन गराउने प्रक्रियामा स्वास्थ्य बिग्रिएर मृत्यु भएपछि प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उक्त घटनामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रशासनका अनुसार आइतबार साँझ पाण्डेको मृत्यु भएपछि आक्रोशित आफन्तले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गराएका थिए ।