• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बर्मन बुढाप्रति महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली


  •   आइतबार, साउन ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले स्वर्गीय बर्मन बुढाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । आइतबार महामन्त्री मोहन विक्रम सिंहले आफ्ना पुराना मित्र स्वर्गीय बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

    Advertisement

    बुधबार ललितपुरको पाटन अस्पतालमा उपचारकाक्रमम बुढाको मृत्यु भएको थियो । शोक वक्तव्यमा महामन्त्री सिंहले स्वर्गीय बुढासँगको सहकार्यबारे स्मरण गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    ‘का. बर्मन बुढाको मृत्युप्रति दुःख प्रकट गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. बर्मन बुढा रोल्पा जिल्लाको थवाङका निवासी हुनुहुन्थ्यो । उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा सामेल हुँदा रोल्पा जिल्ला प्यूठान जिल्लाअन्तर्गतको भूभाग थियो । २०१२ सालमा गाउँमा मुखियालाई कारवाही गरेवापत उहाँसहितका केही साथीहरूलाई प्यूठान जेलमा ल्याइएको थियो । म त्यसबेला पाल्पा जेलमा रहेको थिएँ । त्यो बेलामा प्यूठान जेलमा हाम्रा ३ जना साथीहरू हुनुहुन्थ्यो । का. बर्मन बुढा र उहाँहरूको बीचमा त्यहीं परिचय भएको थियो ।

    उहाँलाई केही समयपछि त्यो जेलबाट मुक्त गरिएको थियो । हामीलाई पाल्पा जेलबाट सल्यान जेलमा सरुवा गरिएको थियो । पछि २०१३ सालमा हामी सल्यान जेलबाट छुटेपछि म सहित खगुलाल गुरुङ, र रुमबहादुर पाण्डे उहाँको घर थवाङमा पुगेका थियौँ । त्यहाँ हामीले उहाँहरूलाई किसान संघमा संगठित गरेका थियौँ । त्यसरी उहाँ नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध हुनुभएको थियो । २०१५ सालको आम निर्वाचनमा त्यस क्षेत्रमा हाम्रो पार्टीकोतर्फबाट खगुलाल गुरुङ उम्मेदवार बन्नुभएको थियो र थवाङले व्यापक समर्थन गरेर उहाँलाई मतदान गरेको थियो । यसमा का. बर्मन बुढाको धेरै महत्त्वपूर्ण भूमिका रहेको थियो ।

    का. बर्मन बुढा कम्युनिस्ट आन्दोलनमा सामेल भएपछि त्यसबाट कहिल्यै पनि विचलित हुनुभएन । उहाँले रोल्पा जिल्लामा पार्टीको संगठनात्मक तथा राजनीतिक कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । पञ्चायत विरोधी संघर्षको क्रममा उहाँ दुईवर्षभन्दा बढी जेल बस्नुभएको थियो । जनमत सङ्ग्रहमा थबाङले एकमतले बहुदलीय व्यवस्थाको पक्षमा मतदान गरेको थियो भने २०३८ सालको पञ्चायती चुनावलाई पूर्ण रूपले बहिष्कार गरेको थियो । हाम्रो पार्टीको राजनीतिक संघर्षको इतिहासमा थबाङमा संघर्षका यी दुई घटना ऐतिहासिक महत्त्वका छन्, जसमा का. बर्मन बुढाले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

    २०४२ सालतिर हाम्रो पार्टीमा बिभाजन भएपछि उहाँको संलग्नता का. मोहन वैद्यको पक्षतर्फ रहेको थियो र २०४८ को आम निर्वाचनबाट उहाँ सो पार्टीकोतर्फबाट रोल्पाबाट विजयी भएर प्रतिनिधिसभा सदस्य समेत बन्नुभएको थियो । त्यसरी पार्टी विभाजनका कारणले उहाँ र हाम्रो पक्ष अलग बन्न गएको भएपनि उहाँ एकजना इमान्दार कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँले जीवनभरि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध भएर त्यसको सेवा गर्नु भएको थियो । उहाँको इमान्दार छवि तथा सामान्य र सादगी जीवनशैलीबाट वर्तमानमा नयाँ पुस्ताले पाठ सिक्नुपर्दछ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

    रहेनन् बामपन्थी नेता बर्मन बुढा

    आइतबार, साउन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.