दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले ४०औँ स्थापना दिवस दाङमा सम्पन्न पारिएको छ ।
कार्यक्रम रमेशमान गुरुङको अध्यक्षता तथा मंगल बहादुर घर्ति मगरको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरूलाई दलबहादुर घर्तिमगरले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जिएमको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा जिएमले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै पञ्चायती कालरात्री अवस्थामा आदिवासी जनजातिहरूलाई संगठित मूल पार्टीले नै २०४४ वैशाख ३ गते भूमिगत रुपमा स्थापना गरेको बताउनु भयो । जिएमले जनजाति समस्या वर्गसंघर्षसँग जोडेर जानुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले कार्यक्रममा बोल्दै संसारमा र नेपालमा पनि विश्व साम्राज्यवादले भुमण्डलीय माध्यमबाट जातको नाममा धर्मको नाममा, भाषाको नाममा शोषण दमन गर्दै आएको र त्यसको असर नेपालमा पनि परेको बताउन भयो ।
साम्राज्यवाद विरुद्धमा सम्पूर्ण जाति जनजाति तथा उत्पीडित वर्गहरू उठ्नुपर्ने, जुटनुपर्ने अवस्था सिर्जना भएको आचार्यको धारणा थियो ।
त्यस्तै युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिानथ पाखे्रल, अखिल नेपाल किसान महासंघ जिल्ला समितिका सचिव मनिराम खनाल जातिय समता समाज जिल्ला समितिका सचिव बलदेव विक, कोषाध्यक्ष पोषण नेपाली, राप्ती २ वडा सदस्य मनबहादुर पुन, अखिल नेपाल महिला संघ घोराही उपमहानगर सदस्य यमसरी जिएम, रक्तिम घोराही उपमहानगरका सल्लाहकार जनक थापा लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।