काठमाडौँ । बैङ्ककस्थित नेपाली दूताबासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।
Advertisement
विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।
दूताबासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा एक सय एक, २०२२ मा एक हजार नौ सय ७७, सन् २०२३ मा दुई
हजार नौ सय ४०, सन् २०२४ मा छ हजार चार सय चार तथा सन् २०२५ मा नौ हजार छ सय ७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।
साथै दूताबासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान अनुरोध गरेको छ ।