महेश रिजाल, भालुबाङ ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ साविक लालमटिया पञ्चायतका संस्थापक सेक्रेटरी (२०१३) दुर्गाप्रसाद भुसालको ८६ वषैको उमेरमा २०८२ चैत ३० गते निधन भएको छ ।
गत चैत २८ गते श्वासपश्वासबाट ग्रसित भई भालुवाङ अस्पतालमा भर्ना गरिएका भुसालको निधन भएको हो ।
धेरै समयअघि घरमै सिँढीबाट चिप्लेर ढाड भाच्चिएपछि उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थयो । भालुवाङ अस्पतालमा तीन दिनसम्म उपचार भइरहेको अवस्थामा एक्कासि श्वासप्रश्वास समस्याले ग्रसित भई भालुबाङ अस्पतालको आइसियु अभावका कारण डाक्टरको सल्लाहबमोजिम बुटवल रिफर गरिएको थियो । बुटवल प्रालिमा झन्डै आधा घन्टाजति आइसियुमा राखी उपचार भइरहेको अवस्थामा निको हुन नसकी उहाँको निधन भएको डाक्टरले घोषणा गरेका थिए ।
उहाँको शवलाई लालमटियास्थित राप्ती आधारभूत अस्पताल सिसहनियामा बरफको सुविधा भएका कारण उहाँकै जेठा छोरा शरद भुसाल विदेश बेलायत भएका कारण उहाँ २०८३ वैशाख १ गते राति घर आइपुगेका थिए । त्यसपछि वैशाख २ गते राप्ती–२ लालमटिया कटाहा पुन्यपुरस्थित राप्ती नदीमा उहाँको दाहसंस्कार गरिएको छ ।
उहाँको पार्थिव शरीरमा जेठा छोरा शरद भुसाल, माहिला छोरा सन्दीप भुसाल र कान्छा छोरा सन्तोष भुसालले दागबत्ति दिएका थियो ।
उहाँको शवयात्रामा दाजुभाइ, छरछिमेक, शुभचिन्तक र स्थानीय बासिन्दाका साथै विभिन्न राजनीतिक दलका नेतालगाएत सर्वसाधारणको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।