काठमाडौँ । आज कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीको खाजा प्याकेटमा किरा भिटिएको समाचार चर्चामा छ ।
Advertisement
वनस्पति विभागको ६६औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री गीता चौधरीलाई दिइएको खाजाको प्याकेट (ड्राइफ्रुट्स) मा किरा भेटिएको बताएइएको छ ।
खाजा उत्पादक बागमती स्विट्स प्रालिलाई उत्पादन र बिक्रीवितरणमा तत्कालका लागि रोक समेत लगाइएको छ ।
मन्त्रीको निर्देशनलगत्तै विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त अनुगमनमा बागमती स्विट्सको कारखाना अत्यन्तै फोहोर र कीट नियन्त्रणको व्यवस्थापन निकै फितलो पाइएको छ । अनुगमन टोलीले प्याकिङका लागि ठिक्क पारिएको बदाममा किरा फेला पारेपछि उक्त सामग्री जफत गरी नष्ट गरेको छ ।
बागमती स्विट्स प्रालि बबरमहलमा रहेको छ ।