खिमराज चालिसे, चन्डिगढ ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको चन्डिगढस्थित पिजिआईमा उपचाराधीन क्यान्सरपीडित सान्वी लामालाई सहयोग गरेको छ ।
आठ वर्षीया बालिका लामालाई मूल प्रवाहको कालाआम्ब नगर समितिले अप्रिल १३, २०२६ का दिन सहयोग गरेको हो ।
आर्थिक रूपमा निम्न अवस्थाकी निज क्यान्सरपीडित लामाको उपचारारार्थ नगर समितिकी सरिता खत्रीको पहल एवम् नगर समितिको सक्रियतामा नेरु ३२ हजार आर्थिक सहयोग सङ्कलन गरी सहयोग गरिएको हो ।
सो रकम नगर अध्यक्ष बलराज काल्चेको नेतृत्वमा उपाध्यक्ष कमल श्रेष्ठ र कोषाध्यक्ष होमलाल भण्डारी सम्मिलित टिमले पीडित परिवारलाई भेटी हस्तान्तरण गरेको थियो ।
गत जनवरीमा ब्लड क्यान्सर भएको थाहा पाएपछि चन्डिगढस्थित पिजिआईबाट उपचाराधीन सान्वीको आमा आशा लामा र बुबा सन्दीप लामाले रकम प्राप्त गरेपछि समाजलाई धन्यवाद दिएका थिए ।

