काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार सदस्य टङ्क गौतमको निधन भएको छ ।
Advertisement
८० वर्षीय गौतमको मोरङको विराटनगरस्थित आफ्नै निवासमा २०८२ चैत २९ गते आइतबार निधन भएको हो ।
भारतको नोएडादेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट नेकपा (मसाल) को राजनीतिमा जोडिनुभएका गौतम पछिल्लो समय फोक्सो, पित्तथैलीलगायतका समस्याबाट पीडित हुनुहुन्थ्यो ।
राजमो कोशी प्रदेश समितिको सदस्यसमेत रहनुभएका गौतमको आइतबार साँझ ७ बजेतिर निधन भएको परिवारले जानकारी दिएको छ ।
उहाँको केही बेरमा विराटनगरमै दाहसंस्कार गरिने पनि जानकारी गराइएको छ ।
गौतमको परिवारमा पत्नी, दुई छोरा र एक छोरी रहेका छन् ।