• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लकडाउन खुलेपछि सरकारको योजना र तयारी देखिएनः राजमो


  •   शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले लकडाउन खुला गरेपछि सरकारले के गर्ने भन्ने योजना नै नबनाएको बताएको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गरी उपाध्यक्ष एवं प्रवक्ता दर्गा पौडेलले लकडाउनलाई हटाएको अवस्थामा सरकारले जुन आवश्यक तयारी गर्नु पर्दथ्यो, त्यो नगरेको बताउनुभएको छ ।

    Advertisement

    देशमा संक्रमितको संख्या घट्दै गएको बताइए पनि वास्तविक रुपमा कोरोना भाइरसको परीक्षणलाई नै कम गरिएको उपाध्यक्ष पौडेलले बताउनुभएको छ ।

    देशमा संक्रमण बढ्दै गइरहेको अवस्थामा सरकारले त्यससम्बन्धी तयारी पनि पर्याप्त र सन्तोषजनक रुपले गर्न नसकेको उहाँले बताउनुभएको छ ।

    रुकुम पश्चिम घटनाबारे छानबिन गर्न गठित संसदीय समितिका सदस्यसमेत रहनुभएकी सांसद पौडेलले सो घटनामा प्रशासनले गम्भीर लापरबाही गरेको बताउनुभएको छ । समितिले घटना योजनाबद्ध भएको ठहर गरेको थियो । पौडेलले वक्तव्यमा घटनाबारे स्थलगत अनुगमनका क्रममा देखिएको अवस्थाबारे पनि चर्चा गर्नूभएको छ ।

    यस्तो छ वक्तव्य :
    सरकारले लगडाउनलाई हटाउन गरेको निर्णयलाई हामीले आलोचनात्मक रुपले समर्थन गर्दछौँ । त्यसरी जनजीवनलाई सामान्य गराउने प्रयत्न गर्नु सकारात्मक कुरा हो । सरकारले त्यसलाई हटाउने निर्णय गरेपनि सुरक्षाकाउपायहरु अपनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यो कुरालाई पनिहामीले सही मान्दछौ । तर समस्या के हो भने लकडाउनलाई हटाएको अवस्थामा सरकारले जुन आवश्यक तयारी गर्नु पर्दथ्यो, त्यो गरेको छैन ।

    देशमा संक्रमितको संख्या घटेदै गएको बताइएको छ । तर वास्तविकता के हो भने कोरोना भाइरसको परीक्षणलाई नै कम गरिएको छ । जिल्लाहरुमा मात्र होइन स्वयम् राजधानीमा पनि त्यसकालागि आवश्यक स्वास्थ्य उपकरण र परीक्षणको व्यवस्थामा कमी भएको कुरा स्वयम् स्वास्थ्य कर्मीहरुले बताएका छन् । त्यो अवस्थामा संक्रमितको संख्या कम भएको कुरामाथि पुरै विश्वास गर्न गाह्रो पर्दछ । कैँयौँ परिक्षणहरु प्नि सशुल्क गर्ने व्यवस्था गरेको छ र त्यसको दर पनि धेरै महंगो छ । त्यसैले गर्दा धेरै मानिसहरुले परिक्षण नै गर्न पाउदैनन् ।

    अहिले सरकारले बाहिरबाट आएका मानिसहरुलाई पनि होम क्वारेन्टिनमा बस्ने भनेर सिधै घरमा पठाउने गरेको पनि पाइएको छ । क्वारेन्टिनमा १४ दिनसम्म बसेपछि परीक्षण नगरिकनै घरमा पठाउने पनि गरिन्छ । क्वारेन्टिनहरुमा पर्याप्त र आवश्यक व्यवस्था छैन । त्यसरी एकातिर देशमा संक्रमण बढ्दै गइरहेको छ भने अर्कातिर सरकारले त्यस सम्बन्धी तयारी पनि पर्याप्त र सन्तोष जनक रुपले गर्न सकेको छैन । यो भन्नकालागि आधार छ कि सरकार र त्यसको सम्पूर्ण प्रशासन यन्त्रले नै त्यसबारे राम्ररी ध्यान दिन सकेको छैन ।सबै कुराहरुमाथि ध्यान दिँदै अहिले सरकारले लकडाउनलाई हटाउने जुन निर्णय गरेको छ,त्यसलाई आलोचनात्मक रुपले समर्थन गछौँ ।

    चितवनको माडीमा सेना र चितवन राष्ट्रिय निकुञ्जले सुकुमबासी चेपाङ्गहरुको बस्तीमा हात्तीलगाएर र आगो लगाएर समेत त्यहाँबाट उनीहरुलाई हटाइएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षित भएको छ । अहिले वर्षाको मौसममा उनीहरुको लागि वैकल्पिक व्यवस्था नगरिकन त्यसरी हात्तीप्रयोग गरेर तथा आगो लगाएर समेत हटाउनु अत्यन्त अमानवीय र अन्यायपूर्ण कार्य हो । त्यसप्रकारको घटनाको भत्सर्ना गर्दै त्यसरी हटाइएका सुकुम्बासीहरुको, उनीहरुका परिवार र केटाकेटीहरु समेतको ठूलो विचल्ली हुन गएको छ । हामीले तुरुन्तै उनीहरुको उद्धार र पुर्नबासको समुचित व्यवस्था गर्न सरकारसित माग गर्दछौ ।

    सरकारले पहिले सामाजिक सुरक्षा भत्ता कम गर्ने निर्णय गरेको थियो । त्यो निर्णयको चौतर्फी विरोध भए पछि सरकारले त्यो निर्णयलाई फिर्ता लिने जानकारी गराएको थियो । तर अहिले एकल महिलाहरुलाई खाली ६० बर्ष उमेर पुगे पछि मात्र भत्तादिने भन्ने थाहा भएको छ । एकल महिलालाई ६० वर्ष उमेर पुगेपछि मात्रहोइन । उनीहरु एकल भएदेखि नै भत्ताको व्यवस्था गर्न हामीले सरकारसित अनुरोध दिन्छौँ ।

    रुकुमको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिको प्रतिवेदन, २०७७ले आफ्नो प्रतिवेदन सभामुखका समक्षपेश गरेको छ, जस्को म पनि सदस्यथिए । संसदीय छानविन समिति स्पष्ट रुपले यो निष्कर्षमा पुगेको छ कि, प्रथम उक्त घटना जातीय भेदभाव र छुवाछूतको कारणले भएको हो । द्वितीय उक्त घटना संगठित र योजनाबद्ध अपराध थियो । त्यसैले त्यो घटनालाई भवितव्य भन्न मिल्दैन ।

    त्यसलाई दोहोरो भिडन्त भन्न पनि मिल्दैन । किन भने दोहोरो भिडन्त भएको भए केटी पक्षका पनि कुनै मानिसको मृत्यु नभएको भए पनि केही न केही घाइते हुनु पर्दथ्यो । तर केटी पक्षका एक जनालाई पनि सामान्य चोटसमेत लागेको छैन । चोट लागेको भएउ नीहरुले घाउ जाँच गराएका हुन्थे । तर एक जनाको पनि घाउ जाँच गराइएको छैन ।

    त्यहाँजुन १८ जनायुवकहरु गएकाथिए, ती सबै जवानहरु र उनीहरुमध्ये धेरैजसो खेलाडीहरु पनि थिए । सजिलै सँग अनुमान गर्न सकिन्छ कि त्यति धेरै १८ जना युवकहरु माथि एकतर्फी रुपले आक्रमण गरेर हत्या र घाइते समेत गराउनको लागि उनिहरुको भन्दा कैँयौँ गुना ठूलो समूह त्यहाँ आएको थियो । टाढा टाढा घर भएको गाउँमा एका एक त्यति ठूलो संख्यामा मानिसहरु जम्माहुनु सम्भव थिएन। त्यसले गर्दा पनि त्यो घटना योजनाबद्ध र संगठित थियो भन्ने कुरा बुझ्न जाह्रो पर्दैन ।

    त्यो घटनामा वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिको संलग्नता पनि अत्यन्त गम्भीर कुरा हो । त्यो घटना प्रति सुरक्षाकर्मी पनि गम्भीर नभएको देखिन्छ । घटना भएपछि पुलिसहरुले घाइतेहरुलाई नियन्त्रणमा लिएर पुलिस चौकीमा राखेको, तर उनीहरुलाई घाइते कसले गरायो ? त्यस बारे सोधपुछ र जानकारी प्राप्त गर्न प्रयत्नन गरेको देखियो । १८ जना मध्ये ६ जना बेपत्ता थिए। उनीहरुको खोज तलास गर्ने कुनै प्रयत्न गरिएन ।

    उनीहरुको तुरुन्तै खोज तलास गरिएको भए सम्भवतःक्षति कम हुन सक्दथ्यो भन्ने पनि समितिको मत रहेको छ । पुलिसहरु त्यति जघन्य घटनामा तुरुन्तै छानविनमा लाग्नु पर्नेमा पीडित पक्षको जाहेरी परे पछि मात्र छानविनमा लागेको देखियो । त्यसले पनि प्रहरीले अत्यन्त उपेक्षा गरेकोे पाइयो । प्रहरीले समयमा नै ध्यानदिन सकेको भए उक्त घटना घट्न नसक्ने पनि समितिको राय रहेको छ ।

    अस्पतालका स्वास्थ्यकर्मीद्वारा पनि पोष्टमार्टममा कतिपय कमीहरु गरेको देखियो । लासमा प्रष्ट देखिने गम्भीर प्रकृतिका चोटहरुलाई पनिउल्लेख गरिएन । पोष्टमार्टममा मृतकहरु सबै डुबेको कारणले मृत्यु भएको भन्ने उल्लेख गरेको छ तर ती सबै युवकहरु भेरीमा सानैदेखि पौडी खेलेका पौडीबाजहरु भएकाले उनीहरु डुबेर मरेको भन्ने पोष्टमार्टमको भनाई विश्वसनीय देखिन्न । ट्रमा सेन्टरका मेडिकल अधिकृतको भनाई पनि पोष्टमार्टम सित सम्बन्धित सबै तथ्यहरुमाथि विचार गर्दा डुबेर मरेको भन्न नमिल्ने राय थियो ।

    पोष्टमार्टममा कतिपय अनियमितता भएको कुराहरु पनि प्रतिवेदमा उल्लेख गरिएको छ । वास्तवमा चौरजहारी घटना कति गम्भीर प्रकृतिको थियो भन्ने कुरा प्रति वेदनमा “घटनाको विश्लेषण”मा दिइएको यो विवरण बाट प्रष्ट हुन्छ । पीडित पक्षका युवकहरु कुनै प्रतिवाद नगरी फर्कन थालेका थिए । त्यो बेलामा“गाउँलेहरुले चारैतिरबाट घेरा हालीघरेलु हतियार, आँसी, टाट्नो बनाउने काठ, लाटठी, ढुङ्गा समेत प्रयाग गरी आक्रमण तथा कुटपीट गरी ६ जनाको ज्यान जाने र १२ जना गम्भीर घाइते हुने गरी निर्मम सामूहिक हत्या जस्तो अमानवीय जघन्य अपराधिक घट्ना घटेको पाइयो ।”

    उक्त सबै घटनाको विश्लेषणका आधारमा समितिले यो निष्कर्ष निकालेको छ, “कोही पनि अपराधी नछुटून र कोही पनि निर्दाेष नपरुन् भन्ने न्यायिक मान्यता अनुरुप पीडितलाई न्याय र क्षतिपूर्ति दिन, दोषीलाई प्रचलित कानून बमोजिम हदै सम्मको कारबाही गर्न र घाइतेहरुको यथोचित उपाचार, सुरक्षा र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने साथै मृतकका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र यथोचित भरण पोषणको व्यवस्था राज्यबाट तत्कालै गर्नुपर्ने देखियो ।”
    समितिको उक्त सुझावलाई कार्यान्वयन गर्न सरकारले पुरा ध्यान दिनु पर्ने आवश्यकतामा हामीले जोड दिन्छौ ।’

    शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.