काठमाडौँ। सम्पत्ति शुद्धीकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
Advertisement
दम्पतीलाई गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको हो ।
प्रहरी स्रोतले पक्राउ अनुमति लिइए पनि पक्राउको लागि निर्देशन वा अनुरोध आइनसकेको जनाएको छ । देउवा दम्पती अहिले विदेशमा छन् ।
उनीहरूलाई आवश्यक परे इन्टरपोलमार्फत पनि नोटिस जारी गरेर ल्याउन सकिने गृह मन्त्रीनिकट स्रोतले जनाएको छ ।