जनक बिसी
कोचिन, केरला । प्युठान जिल्ला सरूमारानी गाउँपालिका– १ बाङगेसाल निवासी बुबा काले धामीको वर्ष ३४ का मिन बहादुर धामी भारतको केरला राज्य अन्तर्गत कोचिनबाट २९ मार्च राती देखि लापत्ता भएका छन् ।
उनका साथीहरूका अनुसार मिन बहादुर प्युठानबाट २८ मार्च २०२६ का दिन कोचिन पुगेका थिए । २९ मार्च राती साथीहरूसँग कोठामा सुतेका उनी उठेर कहाँ गए थाहा छैन ।
हालसम्म कोचिनको कलमशेरी आसपासका ठाउँहरू एर्णाकुलम, आलुवा लगायत तामिलनाडु र केरलको सिमाना पालाघाटसम्म खोजबिन भैरहेको कुरा मनोज धामीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिलाई जानकारी दिएका छन् ।
निज मिन बहादुर धामीलाई देख्नु वा फेला पार्नु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी दिनुहुन अपिल गर्दछौँ ।
संपर्क :
मनोज धामीः ८१३९८०९३७७
जनक बिसी ९८४६९९२६०९
बाबुराम केसीः ८१२९७८२३९९
गणेश शर्माः ९९४७१००४६९