• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने अष्ट्रेलियाको घोषणा


  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
  • क्यानबेरा, २१ चैत । अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै परिवर्तन नगर्ने र यस विषयमा अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेको छ ।

    Advertisement

    स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार टेलिभिजन अन्तर्वार्तामा बोल्दै औषधिको लागत घटाउन लागू गरिएको औषधि लाभ योजनाका आधारभूत नीतिहरूमा कुनै सम्झौता नगर्ने बताउनुभएको छ । उक्त योजनाअन्तर्गत सरकारले चिकित्सकको सिफारिसमा दिइने औषधिहरूमा सहुलियत प्रदान गर्दै आएको छ ।

    उहाँले भन्नुभयो, “हामीले अमेरिकालाई बारम्बार स्पष्ट सन्देश दिइरहेका छौँ कि यी आधारभूत नीतिहरूमा कुनै पनि प्रकारको वार्ता हुने छैन ।”

    यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पेटेन्ट भएका औषधिहरूको आयातमा १०० प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि आएको हो ।

    अमेरिकी प्रशासनले मार्च अन्त्यतिर सार्वजनिक गरेको व्यापार सम्बन्धी गुनासो सूचीमा अष्ट्रेलियाको उक्त योजनाले अमेरिकी औषधि नवप्रवर्तनको मूल्य कम आँक्ने र औषधिको मूल्य निर्धारणमा अन्यायपूर्ण अभ्यास अपनाउने आरोप लगाएको थियो ।

    उक्त योजनाअन्तर्गत औषधि उत्पादकहरूले व्यक्तिगत खरिदकर्तासँग होइन, सिधै अष्ट्रेलियाली सरकारसँग मूल्य वार्ता गर्नुपर्छ, जसले बजारमा प्रतिस्पर्धात्मक मूल्य युद्ध हुन नदिने उद्देश्य राखेको छ ।

    संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२५ मा अष्ट्रेलियाबाट अमेरिकातर्फ औषधि निर्यात करिब एक अर्ब तीन करोड अमेरिकी डलर बराबरको थियो ।

    अष्ट्रेलियाको सबैभन्दा ठूलो जैवप्रविधि कम्पनीका उत्पादनहरूमा भने नयाँ शुल्क नलाग्नेमा सरकार विश्वस्त रहेको मन्त्री बटलरले बताउनुभयो, किनकि कम्पनीको अमेरिकामा पनि ठूलो उत्पादन आधार रहेको छ ।

    यसैबीच, व्यापार मन्त्रीका प्रवक्ताले अमेरिकी शुल्कप्रति असन्तुष्टि जनाउँदै यस्तो ‘अनुचित र अवाञ्छित’ निर्णय फिर्ता लिन कूटनीतिक पहल जारी राखिने बताउनुभएको छ ।

    शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.