काठमाडौँ । सांसद डीपी अर्याल सभामुखमा निर्विरोध चयन भएका छन् ।
Advertisement
सभामुख पदका लागि उनी निर्विरोध भएका हुन् । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको थियो ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखमा एक जनाको मात्रै मनोनयन दर्ता भएको थियो । प्रतिनिधिसभामा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।