भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीका कार्यकर्ता प्रेम बहादुर सूर्यवंशीको ५१ वर्षको उमेरमा दुःखद निधन भएको छ । उनी माथागढी गाउँपालिका वार्ड नं ४ पुग्दी पाल्पा निवासी शेरबहादुर सूर्यवंशी छोरा हुन् ।
सूर्यवंशी हरियाणाको भिवानीमा रही लामो समयदेखि एकता समाज नगर समिति भिवानीमा कार्यरत थिए । उनका तीन छोरा, दुई छोरी र श्रीमती छन् । उनी क्यान्सर पिडीत थिए । उनहो अप्रेल २, का दिन राति करिब डेढ बजे मृत्यु भयो ।
दुई अप्रिल बिहान १० बजे परिवारजनको उपस्थिति र एकता समाज लगायत प्रवासी संघका कार्यकर्ताहरूको उपस्थितिमा दाहा संस्कार गरिएको छ ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भवानीका अध्यक्ष दिलबहादुर भट्टराईले संगठनको झण्डा ओडाए सम्मान प्रकट गर्नुभएको थियो ।
मनिराम अधिकारीको सञ्चालन र डिलबहादुर भट्टराई, गोवर्धन बिक, प्रवासी संघका रामु गिरीले शोक मन्तव्य राख्नुभएको थियो ।