तौलिहवा । कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिकाको भेलाई निवासी नेकपा (मसाल) का सदस्य विष्णु खनालको नवौँ दिनको स्मृतिमा आज नेकपा (मसाल) कपिलवस्तुले शोकसभा सम्पन्न गरेको छ । पार्टीका जिल्ला प्रवक्ता माधव भाटले सम्बोधन गर्दै प कमरेड विष्णु खनाल (कमल) पञ्चायत कालदेखि नै पार्टीमा काम गरेको बताउनुभयो ।
Advertisement
भाटले, नेपालको हरेक जन्त्रन्तिक आन्दोलनमा खनालको सक्रिय भूमिका रहेको बताउनु भयो । ‘उहाँ राष्ट्रिय जनमोर्चा, अखिल नेपाल किसान संघको विभिन्न जिम्मेवारीमा रही श्रमजिवी वर्गको पक्षमा महत्पूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।’ भाटले अगाडि भन्नु भयो– ‘उहाँको निधनले पार्टीलाई अपूर्णीय क्षति पुगेको छ ।’
कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेले र सञ्चालन सशी सापकोटाले गर्नु भएको थियो ।