काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका पूर्व सदस्य बल बहादुर रेश्मीको निधन भएको छ ।
उहाँको हिंजो २०८२ चैत्र १५ गते नयाँ दिल्लीबाट उपचार गराई स्वदेश फर्किदै गर्दा लखनउँमा निधन भएको बताइएको छ । गत ४ महिनादेखि रेश्मीले दिल्लीस्थित होलीफेमली अस्पताको आइसियुमा भर्ना हुनुहुन्थ्यो । स्वास्थ्यमा केही सुधार भएपछि मूल प्रवाहको केन्द्रीय कार्यालयमा रही स्वास्थ्यलाभ लिइरहनुभएका रेश्मीलाई हिंजो चैत्र १५ गते स्वदेश ल्याउँदै गर्दा बाटो मै निधन भएको हो ।
रेश्मीले एकता समाजमा लामो समयदेखि अत्यन्तै इमान्दारीतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । केही वर्ष पहिला स्वास्थ्यमा समस्या आएपछि स्वदेश फर्किनुभएको थियो ।
उहाँका श्रीमती, दुई छोराहरू, बुहारी र एक नातिनी छन् । गुल्मीको साविक हर्दिनेटा ९ निवासी भई हाल रुपन्देही बुटवल उपमहानगरपालिकास्थित तामनगरमा स-परिवार रहँदै आउनु भएको छ ।