चंडीगढ । भारतको चंडीगढमा मूल प्रवाहको एरिया सदस्य बिष्णु विकको श्रीमती तथा सांस्कृतिक कलाकार हेमराज र पवन विकको आमा दिवङ्गत कल्पना विकको श्रद्धाञ्जलि सभा आज आईतवार २९ मार्च २०२६ को सम्पन्न भएको छ।
दिवङ्गत कल्पना विकको सम्झनामा एक मिनट मौनधारण गरिएको थियो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खडकाले सभालाई सम्वोधन गर्दै कल्पना विकको निधनले परिवारमा समेत समाजमा पनि क्षती पुगेको धारणा राख्नु भएको थियो ।
सभामा कल्पना विकको तस्वीरमा फुल माला र टिका लगाएर मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसे, मूल प्रवाह क्षेत्रीय सदस्य एवं सांस्कृतिक क्षेत्रीय संयोजक जुना भण्डारी चालिसे, क्षेत्रीय सहसचिव तेज बहादुर रोका, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष अधिवक्ता माधव पोखरेल, मूल प्रवाह नगर अध्यक्ष मान बहादुर केसी, महिला क्षेत्रिय सदस्य एवं नगर संयोजक जमुना खनाल, क्षेत्रिय सदस्य मधु सुवेदी, नगर उपाध्यक्ष प्रेम गुरुङ, सचिव थानेश्वर पाण्डे, कोषाध्यक्ष बिष्णु बेल्बासे, नगर सदस्य किसन खनाल, लीला विक, जितेन्द्र गुरुङ महिला नगर सदस्य जमुना खडका, प्रितम खड्का र राम बहादुर रसाली लगाएतका मूल प्रवाहका नेता कार्यकर्ता एवं परिवारका आफन्तहरू समेत उपस्थित सबैजनाले श्रद्धाञ्जलि अर्पित गरेका थिए।
कार्यक्रम मूल प्रवाह नगर सचिव थानेश्वर पान्डेको सञ्चालनमा तथा मृतकका पति बिष्णु विकको अध्यक्षतामा सम्पन्न भएको हो।