काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मंगलबार मृत्यु भएको हो ।
Advertisement
कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योसँग नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् ।