• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कुवेतमा एयरपोर्ट ठप्प हुँदा नेपालीलाई सास्ती


  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । कुवेतमा इरानी हमलाले एयरपोर्ट ठप्प हुँदा नेपालीले सास्ती भोग्नु परिरहेको अवस्था छ । खासगरी भिसा समाप्त भएका नेपाली स्वदेश फर्किन नपाउँदा यस्तो सास्ती व्यहोर्नुपरेको हो ।

    Advertisement

    कुवेतस्थित नेपाली दूताबासले परराष्ट्र मन्त्रालयमार्फत असहज अवस्थामा परेका नेपालीलाई साउदी अरेबियाको एयरपोर्ट हुँदै नेपाल फर्किने व्यवस्था मिलाएको छ ।

    हालसम्म १८ जनाजति नेपाली भिसा समस्याबाट पीडित भएको जानकारी दिँदै दूतावासले आफ्नो तर्फबाट आवश्यक सहजीकरण गरिरहेको जानकारीसमेत दिएको छ ।

    कुवेत नेपाली एकता समाजका एक पदाधिकारीका अनुसार दूताबासले कुनै पनि अप्रिय स्थिति सिर्जना हुन नदिन सतर्कता अपनाएको छ ।

    एकता समाजका ती प्रतिनिधिले भने– ‘हामी कुवेतस्थित दूताबासको नियमित सम्पर्कमा छौँ । सूचना आदानप्रदान गर्ने, आवश्यक सहजीकरण गर्ने सबै काम भइरहेको छ ।’

    कुवेतमा हिजो बुधबार स्थानीय समयअनुसार बिहान ३ बजेदेखि इरानले मिसाल र ड्रोन हमला गरिरहेको छ । प्रतिनिधिका अनुसार अहिलेसम्म पनि हमला भएको सो स्थानबाट कालो धुवाँको मुस्लो उडिरहेको छ ।’

    कुवेत सरकारले युद्धसम्बन्धी सूचना बाहिर ल्याउन प्रतिबन्ध लगाएको बताइएको छ । बुधबार बिहानको आक्रमणमा भौतिक क्षति भएको प्रत्यक्ष देख्न सकिए पनि मानवीय क्षति भएको/नभएकोबारे सरकार वा स्थानीय सञ्चारमाध्यमबाट कुनै जानकारी दिइएको छैन ।

    आक्रमणको निसानामा अमेरिकी संरचना

    एकता समाजका ती प्रतिनिधिका अनुसार इरानले अमेरिकी संरचनामा मिसाइल हमला केन्द्रित गरिरहेको छ ।

    ‘कुवेतमा करिब एक दर्जनभन्दा कम बेसक्याम्प रहेको भनिएको छ । अहिले त्यसलाई घटाएर आधा दर्जनमा सीमित गरिएको छ’ उनले भने– ‘त्यसबाहेक अमेरिकी लगानी भएका विभिन्न प्रोजेक्टमा पनि इरानले हमला गरिहेको छ ।’

    केही दिनपहिले एउटा तेल प्रशोधन केन्द्र (रिफाइनरी) मा आक्रमण भएको थियो । सो रिफाइनरी यतिखेर मर्मत प्रक्रियामा रहेको छ ।

    इरानले प्रहार गरेको मिसाइल वा ड्रोनलाई कुवेतले आकाशमै निष्क्रिय पारेको बताउँदै उनले अगाडि भने– ‘आकाशमा ती मिसाइल वा ड्रोनलाई निष्क्रिय नपारिएको भए कुवेतको अवस्था अहिलेजस्तो हुने थिएन ।’

    नेपाली सुरक्षित

    हालसम्म इरानी आक्रमणबाट खासै नेपाली नागरिकहरू प्रभावित नभएको ती प्रतिनिधिले बताए ।

    ‘अहिलेसम्म कुनै नेपाली अप्ठ्यारो वा अलपत्र परेको जानकारी हामीले पाएका छैनौँ’ उनले भने– ‘जे जति केही असहज भएका नेपालीको बारेमा जानकारी प्राप्त भएको छ, उनीहरूका लागि आवश्यक सहजीकरण गरिएको छ । मङ्गलबार नै दूताबासले १८ जना नेपालीको भिसा सहजीकरण गरेको छ ।’

    कुवेतमाथि इरानी आक्रमणको निसानामा मुख्यत: एयरपोर्ट परेको छ । त्यसबाहेक अन्यत्र कतिप स्थानमा हमला भए पनि ठुलो क्षति भएको जानकारी दिइएको छैन ।

    हमलाबाट एयरपोर्टका कार्यरत कामदार बढी प्रभावित भएका छन् ।

    ‘एयरपोर्टका कामदारको सुरक्षा कुवेती प्रशासनले गरिरहेको छ । उनीहरूको खाद्यान्न, आवास र सुरक्षा प्रशासनले नै गरिरहेको छ’ एकता समाजका ती प्रतिनिधिले युगदर्शनसित भने ।

    कुवेती प्रशासनले हमलासित सम्बन्धित सामग्री सार्वजनिक गर्न रोक लगाएकोमा हालसम्म त्यस्तो कार्य गर्ने एक जना नेपालीलाई पक्राउ गरिएको छ ।

    सरकारको यस्तो कडाइका कारण कुवेतमा आक्रमणबाट भएको क्षतिको वास्तविकताबारे कमै जानकारी मिल्ने गरेको ती प्रतिनिधिले दोहोर्‍याए ।

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.