वासिङ्टन । अमेरिकाले इरानको तेलमाथिको केही प्रतिबन्ध हताउने तयारी गरेको छ ।
Advertisement
अमेरिकाले इरानसँग जारी युद्धका कारण ऊर्जा बजारमा परेको दबाब कम गर्ने उपाय खोज्दै इरानी तेलमाथिका केही प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको हो ।
यस कदमले विश्व बजारमा थप तेल उपलब्ध गराउन सक्नेछ, जसले बढ्दो ऊर्जा मूल्यलाई केही समयका लागि नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ ।
युद्धका कारण आपूर्ति शृङ्खला र उत्पादन प्रभावित भएपछि विश्वभर ऊर्जा मूल्य तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा इरानको तेल बजारमा ल्याउने प्रस्तावलाई अमेरिकी नीतिको ठुलो परिवर्तनका रूपमा हेरिएको छ ।
लामो समयदेखि इरानमाथि कडा प्रतिबन्ध लगाउँदै आएको अमेरिका अहिले परिस्थितिअनुसार लचिलो बन्न खोजिरहेको देखिन्छ ।