काठमाडौँ । अखिल (छैठौं) सहितका १० विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन, सरकारले करछुट दिएर मूल्य यथावत् राख्न माग गरेका छन् ।
Advertisement
२०८२ चैत ४ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो माग गरेका हुन् ।
प्रेसवक्तव्य उनीहरूले अमेरिका(इजरायलद्वारा इरानमाथि लादिएको युद्ध तत्काल बन्द गर्न माग गर्दै नेपाल सरकारले खाडी क्षेत्रका नेपाली श्रमिकको उद्दार गर्न माग पनि गरेका छन् ।
त्यस्तै, इनिसा विक बलात्कार तथा हत्या प्रकरणमा तत्कालै दोषी पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
वक्तव्यमा अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी तथा अन्य नौ विद्यार्थी सङ्गठनका अध्यक्षहरूको हस्ताक्षर रहेको छ ।