• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

व्यावसायिक खेतबाट वार्षिक ३० लाख आम्दानी


  •   बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
  • गलेश्वर (म्याग्दी) । म्याग्दीका किसानले व्यावसायिक खेतबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

    Advertisement

    यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।

    जिल्लाको बेनी नगरपालिका२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका इन्द्र थापा, बासकुनाका तिलक गुरुङ, मङ्गला गाउँपालिका(३ का सन्तनाथ सापकोटालगायत जिल्लाका कैयौँ किसानले तरकारी र फलफूल खेतीमार्फत गाउँमा समृद्धिको नयाँ इतिहास रचेका छन् ।

    बेनी–२ का कार्कीले नौ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले धान फल्ने खेत र कोदो झुल्ने बारीभरि तरकारी र फलफूल खेती गरेको उहाँले जानकारी दिनुभयो ।

    आफ्नो कमाइबाट बेनी बजार र गाउँमा घर बनाएको कार्कीको भनाइ छ । किसानको कठिनाइबीच मल, बीउ, पानी र बजारको समस्या समाधान गर्दै दिनरात मेहनत गर्नुभएका कार्कीको बारीमा साग, बन्दाकोबी, प्याज, लसुन, मुला, गाजर, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ ।

    ६५ वर्षिय कार्की जहिले पनि खेतबारीको माटोसँग खेलिरहेको देखिनुहुन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताका अंश ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ जस्तै उहाँको जीवन पनि सिर्जनात्मक श्रमको प्रत्यक्ष उदाहरण बनेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

    कार्कीको सफलताले युवालाई विदेश जानुभन्दा गाउँमा बसेर मेहनत गर्न प्रेरणा दिएको छ । स्थानीय कृषक तेजेन्द्र कार्कीले भन्नुभयो, “कार्की दाइको पसिनाले माटोमा सुन फलाएको छ । उहाँको खेतबारी जापान, कोरिया वा अमेरिका जस्तै भएका छन् ।”

    पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार कार्कीको मिहिनेतले गाउँमा पैसाको प्रवाह बढाएको छ भने स्थानीय बजारमा तरकारी आपूर्ति सहज बनाएको छ । व्यापारीको कारोबार बढ्दा कतिपय युवाले गाउँमा रोजगारी पाउन थालेका उहाँको भनाइ छ ।

    अध्यक्ष गौतमले भन्नुभयो, “जिल्लाका अधिकांश किसान पछिल्लो समय तरकारी र फलफूलको व्य वसायिक खेती गरी मनग्ये आम्दानी गर्दै आउनुभएको छ । सिजनमा सुन्तला बेचेर रु पाँच लाखदेखि रु ४० लाख आम्दानी गर्ने किसान पनि जिल्लामा हुनुहुन्छ । तरकारी र फलफूलबाट विदेशमा भन्दा बढी कमाइ गर्न सकिने प्रशस्त उदाहरण म्याग्दीमा देखिन्छन् ।”

    कार्कीले रासायनिक मल र विषादी प्रयोग नगरी शुद्ध, आग्र्यानिक तरकारी उत्पादनलाई प्राथमिकता दिनुभएको छ ।

    यसले उपभोक्ताको विश्वास जितेको उहाँको भनाइ छ । बेनी बजारका व्यवसायी टीकाबहादुर पाण्डेले भन्नुभयो, “स्वास्थ्यप्रति सचेत उपभोक्ताले कार्की दाइको उत्पादनलाई प्राथमिकता दिन थालेका छन् ।”

    जिल्लाका किसानले तरकारी र फलफूल खेतीबाट पाएको यो सफलता व्यक्तिगत सफलता मात्रै नभएर सामुदायिक समृद्धिको कथा भएको बताउँछन् । यहाँका किसानको यो उदाहरणीय मिहिनेतले गाउँमा आर्थिक पाटो चलायमान बनाउन, रोजगारी सिर्जना गर्न, समृद्धिका पक्षमा सकारात्मक सन्देश दिएको उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले धारणा राख्नुभयो ।

    बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.