काठमाडौँ । फागुन २१ गतेको निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दावा लामाको निर्वाचन खर्च एक लाख तीन हजार रहेको छ ।
Advertisement
जिल्ला निर्वाचन कार्यालयमा २०८२ चैत्र ३ गते खर्च विवरण बुझाउँदै सो जानकारी दिइएको हो ।
खर्च विवरणअनुसार मनोनयन दर्ता रु. १० हजार, मतदाता नामावली खरिद रु. ३ हजार, झण्डा व्यानर रु. ५ हजार, सवारी साधन भाडा रु. ४० हजार, इन्धन रु. ५ हजार, सुचना प्रसारण रु. ५ हजार, घरदैलो गर्दा खाना तथा नास्ता रु. २० हजार, पर्चा तथा स्टीकर छपाई रु. १५ हजार जम्मा रु. १,०३०००/– रहेको छ ।






