काठमाडौँ । फागुन २१ गतेको निर्वाचनमा गुल्मी–१ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेर बहादुर थापा (रामकुमार क्षेत्री) को निर्वाचन खर्च एक लाख ७५ हजार रहेको छ ।
Advertisement
जिल्ला निर्वाचन कार्यालयमा २०८२ चैत्र ३ गते खर्च विवरण बुझाउँदै सो जानकारी दिइएको हो ।
खर्च विवरणअनुसार मनोनयन दर्ता रु. १० हजार, मतदाता प्रशिक्षण रु. १५ हजार, नमुना मतपत्र छपाई रु. २० हजार, झण्डा छपाई रु. १० हजार, अपिल–पर्चा र घोषणा पत्र छपाई रु. १० हजार, गाडी भाडा एवं इन्धन रु. ९० हजार, खाना एवं खाजा रु. १५ हजार, व्यानर छपाई रु. पाँच हजार जम्मा रु. १,७५०००/– रहेको छ ।
