काठमाडौँ । फागुन २१ गतेको निर्वाचनमा दाङ–२ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार मनिराम खनालको निर्वाचन खर्च दुई लाख ८० हजार रहेको छ ।
Advertisement
जिल्ला निर्वाचन कार्यालयमा २०८२ चैत्र ३ गते खर्च विवरण बुझाउँदै सो जानकारी दिइएको हो ।
खर्च विवरणअनुसार मनोनयन दर्ता रु. १० हजार, मतदाता नामावाली रु. १० हजार, प्रचार प्रसार तथा प्रतिवद्धता छपाई रु. ४० हजार, गाडी भाडा रु. एक लाख २५ हजार, इन्धन रु. २० हजार, खाना एवं खाजा रु. ३० हजार, कार्यकर्ता प्रशिक्षण रु. १५ हजार, नमुना मतपत्र छपाई रु. १० हजार, झण्डा व्यानर छपाई रु. २० हजार जम्मा रु. २,८००००/– रहेको छ ।
