काठमाडौँ । पाल्पा– १ बाट राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेकी नरमती सिंजालीले चुनावी खर्च विवरण बुझाएका छन् ।
Advertisement
सिंजालीले जिल्ला निर्वाचन कार्यालय पाल्पामा चुनावी खर्च विवरण बुझाएका हुन् । उनले चुनावमा एक लाख ७५ हजार रुपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।
जसअनुसार मनोनयन दर्तामा ५ हजार, गाडी भाडा रु. ५५ हजार, प्रचार प्रसार सामाग्री छपाई रू. २५ हजार, खाना तथा खाजा रु. ३० हजार, इन्धन खर्च रु. १० हजार, मतदाता प्रशिक्षण रु. ५० हजार । जम्मा रु. १,७५,०००/– रहेको छ ।