काठमाडौँ । रौतहट २ बाट राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका नेक महमदले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
Advertisement
महमदले आज चैत्र १ गते चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले चुनावमा २ लाख रुपैयाँ खर्च गरेकोे विवरणमा उल्लेख छ ।
जसअनुसार मनोनयन दर्तामा १० हजार, सवारी साधन एवं इन्धन रू. ३० हजार, नमुना मतपत्र र घोषणा पत्र छपाई रु. १० हजार, वडा स्तरिय प्रचार प्रसार रु. ४० हजार, प्रचार प्रसार एवं झण्डा व्यानर छपाई रु. ४० हजार, खाना एवं खाजा, चिया, पानी रु. ४० हजार, स्टेशनरी रु. १० हजार, बुथ प्रतिनिधी प्रशिक्षण रु. १० हजार, गोष्ठि तथा अन्तर्क्रिया रु. १० हजार जम्मा रु. दुई लाखा रहेको छ ।