• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एनआरएनए : मध्यपूर्वको सहभागिता, संरचनात्मक सुधार र वास्तविक एकताको माग


  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
  • गणेशप्रसाद बन्जाडे, काठमाडौँ ।

    Advertisement

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बाह्रौँ महाधिवेशन नजिकिँदै जाँदा संस्थाभित्रको आन्तरिक विवाद, प्रतिनिधित्वको प्रश्न, संरचनात्मक सुधारको आवश्यकता तथा विशेषगरी मध्यपूर्व क्षेत्रमा कार्यरत नेपालीको सहभागिताबारे व्यापक बहस सुरु भएको छ । विभिन्न देशमा रहेका एनआरएन अभियन्ताले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै वर्तमान परिस्थितिलाई गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

    पछिल्लो समय संस्थाभित्र देखिएको विभाजन, प्रतिनिधि छनोट प्रक्रिया, नेतृत्वको प्रतिस्पर्धा, क्षेत्रीय असन्तुलन र महाधिवेशनको समयबारे उठेका प्रश्नले एनआरएन अभियानको दिशा र भविष्यबारे नै गम्भीर बहस सिर्जना गरेको छ । विशेषगरी गल्फ तथा मध्यपूर्व क्षेत्रमा कार्यरत लाखौँ नेपाली कठिन परिस्थितिमा रहेका बेला काठमाडौँमा महाधिवेशन गर्ने तयारी गरिएको विषयले थप विवाद र असन्तुष्टि बढाएको देखिन्छ ।

    प्रतिनिधि छनोट प्रक्रिया र संस्थाभित्रको विभाजन

    एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का पूर्व सल्लाहकार विमल सुवेदीका अनुसार संस्थाभित्रको विभाजनको प्रमुख कारण अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा देखिएको कमजोरी हो । उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा अनुसार अधिवेशन प्रतिनिधिहरू विधि, विधान र पद्धतिअनुसार चयन नहुनु नै संस्थाभित्रको विवादको पहिलो कारण बनेको छ ।

    उनका अनुसार गैरआवासीय नेपाली सङ्घभित्र विभाजनको पहिलो बिउ अधिवेशन प्रतिनिधि विधिविधान र पद्धतिबाट चयन नभएको कारण हो । दोस्रो महत्त्वपूर्ण कारण अधिवेशन भौतिक गर्ने कि अभौतिक (भर्चुअल) माध्यमबाट गर्ने भन्ने विषयमा देखिएको विवाद हो । तेस्रो कारण केही सिनियर व्यक्तित्वबिचको नेतृत्व प्रतिस्पर्धा र प्रभाव कायम राख्ने प्रवृत्ति पनि हो ।

    सुवेदीका अनुसार संस्थाभित्र बारम्बार विवाद बढ्दै जाँदा अदालतसम्मका मुद्दा पुगेका र एउटै कार्यकालमा तीन–चार अध्यक्ष बन्ने अवस्था आउनु संस्थाका लागि दु:खद र चिन्ताजनक अवस्था हो । उनले समस्या समाधान नगरी अधिवेशन गर्न खोज्नुले संस्थालाई सही दिशामा नलाने भन्दै पहिला मूल समस्याको समाधान खोजिनुपर्ने बताए ।

    उनको भनाइ छ– समस्या समाधान नगरी एकताको अधिवेशन भन्नु भनेको नाम मात्रको एकता हो । यसले संस्थाको लक्ष्य, उद्देश्य र विधानलाई पनि कमजोर बनाउँछ । त्यसैले पहिला विवादको समाधान खोजिनुपर्छ । त्यसपछि मात्रै अधिवेशन गर्नु संस्थाको हितमा हुन्छ ।

    मध्यपूर्वका नेपालीको सहभागितामाथि उठेको चिन्ता

    एनआरएनए कतारका निवर्तमान सचिव सुरज शर्मा अधिकारीले मध्यपूर्व क्षेत्रमा उत्पन्न संवेदनशील परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको सहभागिता प्रभावित भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

    उनका अनुसार मध्यपूर्वमा कार्यरत नेपालीले वर्षौँदेखि प्रवासमा बसेर पनि नेपाली समुदाय, सामाजिक गतिविधि र एनआरएन अभियानमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।उनले भने– मध्यपूर्वमा कार्यरत नेपालीले वर्षौंदेखि एनआरएन अभियानमा महत्त्वपूर्ण योगदान दिएका छन् । यस्तो अवस्थामा उनीहरूको सहभागितालाई सीमित गरिनु स्वाभाविक रूपमा चिन्ता र असन्तुष्टिको विषय हो ।

    अधिकारीका अनुसार एनआरएनए विश्वभर रहेका नेपालीको साझा संस्था भएकाले सबै क्षेत्रका नेपालीको समान प्रतिनिधित्व, सम्मान र सहभागिता सुनिश्चित हुनु अत्यन्त आवश्यक छ । उनले सम्बन्धित निकायले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै पुनर्विचार गरी सबै क्षेत्रका नेपालीको विश्वास कायम रहने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

    प्रतिनिधि प्रणाली परिवर्तन नगरेसम्म सुधार सम्भव छैन

    एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले संस्थाभित्र देखिएको नेतृत्वको म्युजिकल चेयर प्रवृत्तिको अन्त्य गर्न संरचनात्मक सुधार आवश्यक रहेको बताए । उनका अनुसार नेपालमा पछिल्लो समय युवाहरूको नेतृत्वमा परिवर्तनको आवाज उठिरहेको अवस्थामा एनआरएन अभियानमा पनि नयाँ सोच र प्रणाली आवश्यक छ ।

    उनले भने– अब समय आएको छ, युवाले जिम्मेवारी लिनुपर्ने तर त्यसका लागि अहिलेको प्रतिनिधि प्रणाली परिवर्तन हुन जरुरी छ । पन्थीका अनुसार यदि एनआरएनएका सम्पूर्ण साधारण सदस्यलाई पनि प्रतिनिधि बन्ने अधिकार दिइयो भने मात्रै संस्थाभित्रको सीमित समूहको नियन्त्रण अन्त्य हुन सक्छ । उनले आगामी अधिवेशनमै विधान संशोधन गरेर भविष्यमा सबै सदस्यलाई प्रतिनिधित्व गर्ने अवसर दिनुपर्ने बताए ।

    उनको भनाइ छ, जब साधारण सदस्य नै प्रतिनिधि हुन्छन्, तब मात्रै मध्यपूर्वजस्ता क्षेत्रबाट पनि नेतृत्व आउने सम्भावना बढ्छ । कम स्रोत भएका तर योग्य व्यक्तिले पनि नेतृत्व गर्ने अवसर पाउन सक्छन्।

    वास्तविक र दीर्घकालीन एकताको आवश्यकता

    एनआरएनए उपाध्यक्ष राज रेग्मीले पछिल्ला दुई कार्यकालदेखि संस्था स्पष्ट रूपमा दुई धारमा विभाजित भएको बताए । उनका अनुसार विगतमा पनि एकताको अधिवेशन गर्ने प्रयास भए तापनि पूर्ण तयारीविना गरिएको प्रयासले वास्तविक एकता सम्भव हुन सकेन ।

    उनले भने– पूर्ण तयारीविना गरिएको एकताको प्रयासले समूहगत भेलाबाहेक वास्तविक एकता हुन सकेन । अब साँचो र दीर्घकालीन एकताको लागि सबै पक्षबिच सहमति आवश्यक छ । रेग्मीका अनुसार अहिले अधिवेशनको मिति नजिकिँदै गर्दा पनि आन्तरिक असहमति कायम रहेको र प्राविधिक तयारी पनि पर्याप्त नभएको देखिन्छ । उनले सीमित व्यक्तिको उपस्थितिमा मात्र नेतृत्व चयन गर्ने परम्परा तोडेर सबैलाई समेट्ने सहमतिको वातावरण बनाउनुपर्ने बताए ।

    मध्यपूर्वको अवस्थाबारे उठेको गुनासो

    एनआरएन अभियन्ता चानक पोखरेलले मध्यपूर्वमा रहेका नेपालीको कठिन अवस्थाका बिच अधिवेशन प्रक्रिया अघि बढाइएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने– मध्यपूर्वमा लाखौँ नेपाली समस्यामा रहेका बेला अधिवेशनको प्रक्रिया अघि बढाइएको छ । यस्तो अवस्थामा हाम्रो अवस्थालाई पनि बुझ्नुपथ्र्यो । उनले नेतृत्वले मानवताको दृष्टिकोणबाट पनि परिस्थितिलाई हेर्नुपर्ने बताए ।

    गल्फ क्षेत्रबाट बढ्दो असन्तुष्टि

    गल्फ क्षेत्रमा कार्यरत नेपालीको भावनालाई प्रतिनिधित्व गर्दै केदार भुसालले एनआरएनए नेतृत्वप्रति प्रश्न उठाए । उनका अनुसार गल्फमा रहेका नेपालीले पसिना बगाएर नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याइरहेका छन् तर उनीहरूको पीडा र समस्याप्रति पर्याप्त ध्यान नदिएको गुनासो बढिरहेको छ ।

    उनले भने– गल्फमा पसिना बगाएर बसेका नेपालीको दु:खपीडा नदेख्ने तर युरोप–अमेरिकामा बसेर भाषण गर्ने प्रवृत्तिले एनआरएनएलाई कता लैजाने हो भन्ने प्रश्न उठेको छ । उनले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले सबै क्षेत्रका नेपालीको समान सम्मान र प्रतिनिधित्व सुनिश्चित हुनुपर्दछ ।

    श्रमिकको आवाज पनि उठ्यो

    गल्फ क्षेत्रमा कार्यरत श्रमिकको पक्षबाट जेबी राई चाम्लिङले पनि एनआरएनए नेतृत्वप्रति कडा प्रतिक्रिया दिए । उनका अनुसार अरब क्षेत्रमा लाखौँ नेपाली श्रमिक कठिन परिस्थितिमा रहेका बेला काठमाडौँमा अधिवेशनलाई उत्सवजस्तै बनाइनु दु:खद छ ।

    उनले भने– अरबमा लाखौँ श्रमिक कठिन अवस्थामा रहेका बेला काठमाडौँमा अधिवेशनको नाममा मेलाजस्तो कार्यक्रम भइरहेको देखिन्छ । यसले हाम्रो अवस्थाप्रति नेतृत्वको दृष्टिकोण स्पष्ट बनाइदिएको छ ।

    चाम्लिङले आफूले सन् २०१३ देखि एनआरएन अभियानमा समय र श्रम लगानी गरेको उल्लेख गर्दै श्रमिकको आवाज पनि सुनिनुपर्ने बताए ।
    एनआरएन अभियानको भविष्य कता ?

    पछिल्ला दिनमा उठिरहेका यी धारणा र प्रतिक्रियाले एनआरएन अभियान अहिले गम्भीर मोडमा पुगेको सङ्केत गरेका छन् । प्रतिनिधित्व, पारदर्शिता, क्षेत्रीय सन्तुलन, युवाको सहभागिता तथा संस्थागत सुधारजस्ता विषयमा उठेका प्रश्नको समाधान नगरी अघि बढे संस्था थप विवादमा फस्ने सम्भावना देखिएको छ । अभियन्ताका अनुसार संवाद, सहमति, समावेशी सहभागिता र संरचनात्मक सुधारमार्फत मात्रै एनआरएनएलाई पुन: विश्वभर रहेका नेपालीको साझा र विश्वासिलो संस्था बनाउन सकिन्छ ।

    यही कारण अहिले उठिरहेका आवाज केवल असन्तुष्टिका स्वर मात्र नभई संस्थालाई सही दिशामा लैजानुपर्ने आग्रहका रूपमा पनि हेरिएको छ । यदि यी विषयलाई गम्भीर रूपमा सम्बोधन गर्न सकियो भने एनआरएन अभियान पुन: मजबुत र विश्वसनीय बन्न सक्ने विश्वास धेरै अभियन्ताले व्यक्त गरे ।

    शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.