चंडीगढ । भारतको पञ्जाव राज्यको जिकरपुरबाट रहि १३ फरवरी २६ देखि सम्पर्कविहिन दिपकसिंह ठकुरीको खोजीमा मूल प्रवाहले पहल रहेको छ ।
दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका १३ रामपुर निवासी रामसेवक सिंह ठकुरीको कान्छो छोरा दिपकसिंह ठाकुरी वर्ष ३८ यहि १३ फरवरी २०२६ देखि भारतको मोहाली जिल्लाको जिकरपुरबाट सम्पर्क विहिन भएसँगै खोजी तलासीमा कहि कतै नभेटिए पछि परिवारले मूल प्रवाहसँग अपिल गरेका हुन् ।
दिपक सिंह ठकुरीको दिदी बसन्ता विक र भाउजु रेखा ठकुरीले नेपालबाट चंडीगढ पुगी हाम्रा सम्वाददाता खिमराज चालिसेसँग सम्पर्क गरि खोजी तलासीको लागी आग्रह गरेका छन् ।
उनी कहिँकतै भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा नेपालमा भाउजु रेखासिंह ठकुरी +९७७९८४७८०४०३१ र भारतमा राजकुमार विक +९१९५०१७०७७९२ अथवा सञ्चारकर्मी खिमराज चालिसे +९१८९६८५०३०५० मा सम्पर्क गरिदिन आग्रह गर्दछौँ ।