काठमाडौँ । चितवन– २ बाट राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका देवी शर्माले चुनावी खर्च विवरण बुझाएका छन्।
Advertisement
शर्माले जिल्ला निर्वाचन कार्यालय चितवनमा चुनावी खर्च विवरण बुझाएका हुन् । उनले चुनावमा ९२ हजार रुपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।
जसअनुसार मनोनयन दर्तामा ५ हजार, गाडी भाडा तेल खर्च ४० हजार, माइक सिस्टम १२ हजार, पर्चा पम्प्लेट छपाई खर्च रु. १० हजार, चिया–खाजा, रु. १५ हजार, भण्डा व्यानर छापाई खर्च रु. ५ हजार, अन्य प्रकाशन सामाग्री रु. ५ हजार, जम्मा रु. ९२ हजार रहेको छ ।
