काठमाडौँ । काठमाडौं–९ बाट राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका रोसन दानीले चुनावी खर्च विवरण बुझाएका छन्।
Advertisement
दानीले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा चुनावी खर्च विवरण बुझाएका हुन्।
उनले चुनावमा ५० हजार रुपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ। जसअनुसार मनोनयन दर्तामा १० हजार, गाडी भाडा तेल खर्च १५ हजार, भिजिटिङ कार्ड ७ हजार, खाजा,नास्ता चिया ३ हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री, झण्डा व्यानर खरिद १० हजार,साउण्ड सिस्टम ५ हजार रूपैयाँ खर्च भएको उल्लेख छ।

