काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा चितवन निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार सिता देवी क्षेत्रीले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
Advertisement
क्षेत्रीले फागुन २९ गते सार्वजनिक गर्नुभएको निर्वाचन खर्च विबरणमा एक ४८ हजार चार सय पाँच रुपैयाँ उल्लेख गर्नुभएको छ ।
जसमा उम्मेदवारी दर्ता रु. ५०००/–, साउण्ड सिस्टम खर्च रु. २,४००/–, गाडी भाडा रु. १३,९२०/–, खाजा १३०/–, झण्डा एवं व्यानर रु. ११,०००/–, खाना रु. ३,५०५/–, कुर्चि भाडा रु. ५,०००/–, फ्लेक्स व्यानर रु. ३,०००/–, पर्चा छपाई रु. ६,२५०/–, जम्मा रु. ४८,४०५/– रहेको छ ।