सुर्खेत । इनिसा मृत्यु प्रकरणमा न्याय माग्दै सुर्खेतमा विद्यार्थीले प्रदर्शन गरिरहेका छन् ।
१६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै सो आन्दोलन गरेका हुन् ।
इनिसाको मृत्यु शङ्कास्पद रहेको भन्दै घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिन माग गरिएको छ।
इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय लियर पढी रहेकी थिइन् ।
प्रदर्शनमा सहभागीहरूलाई ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जस्टिस फर इनिसा, वीइवान्ट जष्टिस’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
विद्यालय परिसरबाट सुरु भएको विरोध प्रदर्शन र्याली जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा पुगेर प्रदर्शन गरेका छन् ।
उनीहरूले इनिसा विकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको मागसमेत गरेका छन् ।

