काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पितृशोक परेका छन् ।
Advertisement
उनका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा २०८२ फागुन २९ गते शुक्रबार बिहान निधन भएसँगै उनी शोकमा परेका हुन् ।
एमालेका केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार ओलीपिता केही दिनयता अस्वस्थ थिए ।
शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उनको निधन भएको हो ।
अर्यालले जानकारी गराउनुभएअनुसार उनको पार्थिव शरीर ओलीनिवास गुन्डुमा लगिने र दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ ।