बागलुङबजार । इनिसा विकको बलात्कारपछि हत्या प्रकरणमा अन्तरपार्टी महिला सञ्जाल बागलुङले ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
प्रधानमन्त्री सुशीला कार्कीको नाममा प्रमुख जिल्ला अधिकारी बागलुङमार्फत् ज्ञापन बुझाउन २०८२ फागुन २८ गते सञ्जालको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
सञ्जालमा आबद्ध लक्ष्मी बासकोटाका अनुसार ज्ञापन बुझाउन कार्यसमितिका सदस्यहरू जिप्रका पुगेका थिए ।
ज्ञापनमा जिल्ला अध्यक्ष सीता सापकोटा र सचिव हुमा खड्काको हस्ताक्षर रहेको छ ।
इनिसा प्रकरणका दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति, महिला हिंसा विरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतासँगै उक्त ज्ञापनमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
\
