• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा


  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
  • भैरहवा (रुपन्देही), २८ फागुन । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुङ्गा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।

    Advertisement

    लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको यस वारि भटौलिया र पारी भभइपर्छ । अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन् ।

    “उनले धेरै दुखजिलो गरेर पुल बनाउछन् । यसले उनको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउँजाउ गर्न सजिलो भएको छ,” उनले भने– “तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ । पुल टुटने डरले मानिस घाइते हुन सक्छन्, सवारी साधनको पनि क्षति हुन सक्छ ।”

    उनका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो । मर्चवारबाट सिधैँ कक्रहवा, लुम्बिनीहुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ ।

    भभइकै अर्का स्थानीय धर्मेन्द्र लोधले पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्ने बताउछन् । अहिले नदीमाथि बाँसको अस्थायी पुल बनाइए पनि वर्षा सुरु भएपछि त्यो पनि प्रयोग गर्न नसकिने अवस्था हुने गरेको उनको भनाइ छ ।

    “अहिले त अलिअलि सुविधा छ, तर वर्षा लागेपछि हामी पानीमा हेलिएर हिँड्नुपर्छ,” उनले भने, “यदि यहाँ पक्की पुल भइदिएको भए वर्षातमा पनि सहज रुपमा आवतजावत गर्न सकिन्थ्यो । पुल नहुँदा कहिले अजमा, दुईमुहान त कहिले बर्डर हुँदै घुमेर जानुपर्छ ।”

    स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ ।

    “यस पारिका मानिसहरुको खेत उता छ भने उता बस्नेको खेतयता छ,” उनले भने, “बाढी आउँदा त कोही पनि आउनजान सक्दैनन् । त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ ।”

    स्थानीयको सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल बनाउने काम एक मल्लाह परिवारले गर्दै आएको छ । पुल निर्माणका लागि उनीहरूले झण्डै एक महिना अघि नै बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार गर्ने गर्छन् । तयार भएको पुल कुर्न बासमति मल्लाह दिनभरि घाटमै बस्नुहुन्छ । परिवारका तीन जनाले मिलेर पुल बनाएका बासमतीले दिनको कहिले १००, कहिले १५० त कहिले २०० रुपैयाँसम्म आम्दानी हुने गरेको बताउछन् । बाटो हिँड्नेले गच्छे अनुसार ५, १० वा २० रुपैयाँसम्म “मल्लाही” तिर्छन ।“यही घाटको आम्दानीबाट नून–तेल र घरखर्च चल्छ,” बासमतीले भने, “हामीसँग आफ्‌नै खेतीपाती छैन ।

    यही घाट हाम्रो मुख्य आम्दानीको स्रोत हो ।” उनले स्थानीयहरूले नगदमै केही रकम दिए पनि स्थानीयको हकमा भने धान, चामल, गहुँ लगायतको जिन्सी (जिउका) लिने गरेको बताए । जिउका बापत चार देखि १० पाथीसम्म प्रति घर अन्न पाउने गरेको उहाँको भनाइ छ ।

    वरपरका १०–१२ गाउँका करिब एक हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौँदेखि सरकारसँग माग गर्दै आएका छन् । स्थानीयवासीका अनुसार बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि अब पक्की पुल निर्माण अपरिहार्य भएको छ ।

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • २.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ३.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ४.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ५.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ६.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ७.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ८.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.