टोकियो । रोजगारको खोजीमा जापान पुगेका लमजुङ निवासी युवा कृष्ण सुनारको उपचारका क्रममा जापानमै दुखद निधन भएपछि ग्लोबल फोरम जापानले निजका परिवारलाई सहयोग गरेको छ ।
Advertisement
फोरमले स्मृतिशेष सुनारप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक लाख नौ हजार छ सय येनबराबरको आर्थिक सहयोग गरेको हो । सो सहयोग चेकमार्फत मृतकका परिवारलाई हस्तान्तरण गरिएको थियो ।
फोरमका अध्यक्ष मुना सुनारका अनुसार संस्थाका सदस्य तथा साथीहरूको पहलमा सङ्कलन गरिएको सो सहयोग मृतक सुनारको परिवारलाई हस्तान्तरण गरिएको छ ।
संस्थाले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत व्यक्त गर्दै आगामी दिनमा यस खालका दुखद् घटना नहोस् भन्नेतर्फ सचेत हुन आग्रह गरेको छ ।